Labels
Showing posts with label Law Enforcement. Show all posts
Showing posts with label Law Enforcement. Show all posts
Monday, December 7, 2015
Stress Management in Security Forces En
Labels:
Law Enforcement
Ph.D. (Public Administration)
M. Phil. (Police Administration), M.Sc. (Disaster Mitigation),
M.Sc. (Criminology), P.G. (International Humanitarian Law); born on 11 September 1963 has also a Bachelor’s degree in Humanities, graduated from Nepal Police Academy (1987); training courses in Security & Safety, Crime Investigation, Surveillance, Intelligence, International Certified Instructor in Team Building, Human Rights, Law of Armed Conflict, Journalism, Urban and Guerrilla Warfare & Battle Management, Conflict Management & Crisis Management. Additionally he has police science and military science courses in India, Kosovo, South Korea, Haiti, USA and China (1987-2012).
Tuesday, November 10, 2015
सुरक्षा फौजमा तनाव व्यवस्थापन Np
सुरक्षा फौजमा तनाव व्यवस्थापन
डा.कृष्ण कुमार
तामाङ
समाजशास्त्रमा
मानिसलाई सामाजिक प्राणी भनिएको छ । प्रत्येक मानिसको अन्तर्निहित गुण र दोष अरुको
भन्दा भिन्न हुन्छ । कार्यशैली, दक्षता, जीवनस्तर, सामाजिक मान्यता आदि विविध कारकहरुले मस्तिष्क क्षमताको
सीमा व्यक्तिगत किसिमले निर्धारित भएकोे हुन्छ । एउटै परिस्थितिमा धेरै्र मानिसहरु
बीच फरक प्रकृतिका प्रतिक्रिया देखिनाले सबै मानिसको दृष्टिकोण र सहनशिलताको स्तर
एकै नासको नहुने ध्रुब सत्य हो । सुरक्षा निकायका मानिसहरुको कार्य प्रकृति,
समय, अनुशासन, शारीरिक श्रम,
खानपान र दिनचर्या कृषि, व्यवसाय, उद्योग जस्ता
यावत पेशा अपनाएकाहरु भन्दा थोरै फरक ढंगको हुन्छ भन्दा अतिशयोक्ति हुदैंन ।
इस्वी संवत् २००३ देखि २०११ सम्म भएको इराक
युद्घमा २५ प्रतिशत अमेरीकी फौजका सिपाही तनावका कारण मानसिक विरामी भएको तथ्याङ्क
रहेको छ । युद्घरत फौजको मानसिक तनाव बढ्नुमा आफ्ना प्रियजनको पारिवारिक चिन्ता
पनि एउटा महत्वपुर्ण कारण हुन्छ । मानसिक तनाव हुनुका पछाडि मुख्य कारण असुरक्षा,
अनिश्चितता, अनिन्द्रा र असन्तोष पर्छन् । नेपालमा विगतमा भएका सश्स्त्र
द्वन्द्वताका सुरक्षा फौजका घर परिवारहरुको अपहरण, हत्या तथा घर निकाला गरेर डेराबाट समेत घरपतीहरुले निष्कासन
गरेका र निजी घर लगायत फर्निचर, व्यारेक
जस्ता सुरक्षित ठानिएका संरचनाहरु बम
विष्फोटमा नष्ट गरिएका त्रासदीपूर्ण घटनाहरुले १९ प्रतिशत सुरक्षा फौजमा मनोबल
गिराउने कार्य गरेको अनमान गरिएको छ । वि.सं.२०५२मा सशस्त्रद्वन्द्व चर्केको
अवस्थामा नेपालको सुरक्षा फौजको ५० प्रतिशत तिव्र मानसिक दबावमा परेको तथ्य
एमनेष्टि इन्टरनेसनलले सार्वजनिक गरेको थियो ।
दश वर्षमा बढे मानसिक रोगीको संख्या शिर्षकमा
काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय पाक्षिक अखबारले २०६९ असोज १५ गते तेस्रो
अंकमा तथ्याङ्क प्रस्तुत गरेको छ । सन् २००१ मा मानसिक रोगीको संख्या १२ हजारबाट
बढेर सन् २०१० सम्म ३६ हजार दर्शाइएको छ । मानिसमा लाग्ने १० रोग मध्ये मानसिक
स्वास्थ्य सँग सम्बन्धित ४ रहेका छन् । त्यसमा डिप्रेसन अर्थात मानसिक तनाव ९०
प्रतिशत रहेको बताइन्छ । विश्व स्वास्थ्य संगठनले(WHO) विश्वको लगभग २५ प्रतिशत मानिसहरुमा मानसिक
समस्या रहेको बताउने गरेको छ । समूहमा रहने र एकत्रित प्रयास गरिने संगठनहरुमा
मनोरोगविद्हरुको आवश्यकता अपरिहार्य हुन्छ । मनोरोग भएकाहरुबाट आफ्नै सहकर्मीको
हत्या, आत्महत्या, हिंसा, बलात्कार जस्ता जघन्य अनपेक्षित ठुला दुर्घटना हुन सक्छन् । आम नागरिकको नजरमा
चिकित्सा सेवामा नगण्य देखिने सामान्य झैं लाग्ने भयावह रोगको कोटीमा पर्ने मानसिक
तनावले सन्तुलन गुमाउने जोखिम बेहोर्नु पर्ने हुन सक्छ । मनोचिकित्सकको आवश्यकता
आवासिय भवनको निम्ति प्रकाशको जस्तो तुलनिय हन्छ ।
२०७२ बैशाख १२, १३ र २९ गते नेपालमा गएको महाविनाशकारी भूकम्पले पु¥याएकोे विनाशलीलाको तथ्याङ्कमा मानसिक तनावको
शायदै कुनै लेखाजोखा भएको होला । प्रति पल जसो दिनकै भूइँचालोको पराकम्पनले आम
मानिसमा त्रासदि जगाएको थियो । नहोस पनि किन, एक पटक गएको भूकम्प फर्कि फर्कि दोह¥याई तेह¥याई क्षति प्ु¥याउने गरेकोले जोकसैलाई जोखिमको अनिश्चितता र
अदृश्य भयले ग्रस्त पारेको थियो । तीन महिनामा तीन सय भन्दा बढी चार रेक्टर माथिका
झट्रका बेहोरेका काठमाडौका कलिला बालबालिकादेखि पाका उमेरकाहरुले कति रेक्टरको
अनुमान लगाउन सक्ने भएका थिए । धेरै ठाउँहरुमा यति सम्म भयो कि घर परिवारका
सदस्यहरु बाहिर पाल÷जस्ताको अस्थायी
टहरामा कष्टपूर्ण गुजारा गर्दा समेत कोही दरो मुटु भएकाहरुले घर भित्रै सुत्न
छाडेनन् ।
देशभरको भूकम्पपीडित १६ जिल्लाहरुमा सशस्त्र प्रहरी बलको परिचालित २५,९६२ संख्या मध्ये भग्नावशेषबाट खोज तथा उद्धार
(CSSR – Collapsed Structure Search & Rescue) तालीम प्राप्त ५,६८७ जनालाई विशेष परिचालन गरिएको हुनाले उक्त संख्यालाई
मनोचिकित्सक विशेषज्ञहरुको परामर्श प्रदान गरिएको थियो । प्रकोपपीडित भएर असहज
परिस्थितिमा परेकाहरुलाई तनाव हुनु त छदैं छ उद्धारकार्यमा खटेकाहरुलाई समेत
रातोदिन त्यसै प्रतिकूल परिवेशमा टिक्न सहज हुदैंन । तसर्थ पुनर्ताजगीका लागि
तिनलाई समेत मनोपरामर्शको महत्व र आवश्यकता पर्दछ ।
सशस्त्र द्वन्द्व भएका मुलुकहरुमा संयुक्त
राष्ट्र संघको शान्ति सेनामा कार्यरत सैनिकहरुलाई स्वदेशबाट अनकन्टार टाढा,
संचार सम्पर्क हन नसक्ने, खान सुत्न ठेगान नहुने, हरदम गोला बारुदको बीच अनिश्चित लामो समय विद्रो्रहीको
आक्रमण र बचावको तर्तिव गर्दा शारीरिक क्लान्ति र मानसिक तनाव हुन सक्दछ । युद्धको
जटिल परिस्थितिमा अप्रिय घटनाकोे अनुभवबाट प्राप्त शिक्षाले मनोवैज्ञानिक
चिकित्सकिय पद्धतीको विकास गरेको छ । बेलायती सेना जस्ता अन्तर्राष्ट्रिय संगठित
फौजको मनस्थिति सदैव फुर्तिलो बनाइ राख्न केही समयको अन्तरालमा अनिवार्य घरबिदा
जानु पर्ने अभ्यास रही आएको छ । आफ्ना प्रियजनहरुसंग समय बिताउनाले सुखदुःखका
भावना एक आपसमा बाँडिने र उत्साहका उर्जा थपिनाले कार्यक्षेत्रमा एकाग्र हन सक्ने
मनोविज्ञानको भूमिका हुन्छ ।
संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ फिल्ड मिशनहरुमा कास्ट (CAST- Counseling
& Support Team)
नामको शााखा अन्तर्राष्ट्रिय स्टाफको मानसिक
अवस्थामा नकारात्मक अनावश्यक दबाबका कारण समस्या श्रृजना नहोस भनि स्वदेशमा जसरी
जोश जाँगरका साथ काम गर्ने वातावरण बनाउन र कार्यक्षेत्रमा कदाचित देखा परेका
द्विविधा समयमै निराकरण गर्न सम्बन्धित कर्मचारीको मनोदशा बुझ्रने प्रयास गरिन्छ ।
कास्ट समुहमा मिशनकै कानून, प्रशाासन,
मेडिकल, लेखा तथा प्रवन्ध, भण्डार, संचार र सवारी
शाखाका उच्च पदाधिकारीहरु पर्दछन् । मिशनमा असामान्य गतिविधि देखाउने कर्मचारीको
पिरमर्का र उसलाई परेको समस्या गोप्य आफुमा सिमीत राखेर सरुवा, बिदा वा कार्य परिवर्तन यथोचित निकासको पहल
हुन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कक अनुसार
विश्वमा प्रत्येक चालिस सेकेण्डमा एक जना र नेपाल प्रहरीको श्रोत तथ्याङ्कले
नेपालमा एक दिनमा एघारजनाले आत्महत्या गर्ने गरेको देखाएको छ(२०७१ फागुन १७) ।
नेपाल पेडियटर सोसाइटीको जर्नल अनुसार २४% मानिसहरु मानसिक समस्याका कारण
आत्महत्या गर्छन् । सैन्य प्रकृतिमा विषम परिस्थितिहरु माझ नआत्तिने, नभाग्ने र जिम्म्ेवारी निर्वाह गर्न सक्ने
जन्मजात मानसिक आणुवंशिक भए नभएको परिक्षण गर्ने विधि अन्र्तगत सुषुप्त अवस्थाको
जैविय गुणको वाह्य परिक्षणबाट मनोबैज्ञानिक(TO, GTO, IO) अध्ययन गरी अधिकृत तहमा भर्ना लिने परिपाटी तेश्रो विकसित मुलुकहरुमा भए सरह
सशस्त्र प्रहरी बलमा स्थापनाकालको प्रारम्भ देखि रही आएको छ । सप्रबलको नियमावलीमा
पछिल्लो रासन स्केल परिमार्जनले सुधारको थप निरन्तरता पाएको छ । खानपानको
स्तरियताले आत्म सन्तुष्टीको उच्चतामा टेवा पुग्दछ फलतस् आत्मविश्वास, समर्पण र व्यवसायिकतामा चासो जागृत हुन्छ ।
विश्व चर्चित फ्रान्सेली युद्धप्रेमी नेपोलियन बोनापाटको भनाइमा सिपाहीले युद्ध
पेटले लड्छ । वर्तमान परिपे्रक्ष्यमा यो उत्प्रेरणाको असल उदाहरण हो । अपितु तनाव
र तत् सम्वन्धि व्यवस्थापन गवेषणाका विषय हुन् ।
समष्टिमा सशस्त्र प्रहरी बलले व्यवसायिक
क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता र मापदण्डको परिपालना गर्दै आएको विद्यमान
परिदृश्य रहेको छ ।
प्रकाशित :
सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी
दिवस विशेषाङ्क
२०७२ कार्तिक २३
गते
Labels:
Law Enforcement
Ph.D. (Public Administration)
M. Phil. (Police Administration), M.Sc. (Disaster Mitigation),
M.Sc. (Criminology), P.G. (International Humanitarian Law); born on 11 September 1963 has also a Bachelor’s degree in Humanities, graduated from Nepal Police Academy (1987); training courses in Security & Safety, Crime Investigation, Surveillance, Intelligence, International Certified Instructor in Team Building, Human Rights, Law of Armed Conflict, Journalism, Urban and Guerrilla Warfare & Battle Management, Conflict Management & Crisis Management. Additionally he has police science and military science courses in India, Kosovo, South Korea, Haiti, USA and China (1987-2012).
Friday, August 7, 2015
अपराध प्रवृतीको अध्ययनको आवश्यकता र उपादेयता Np
अपराध प्रवृतीको अध्ययनको आवश्यकता र उपादेयता
मानव इतिहासको
शुरुकालदेखि समाजमा अपराध हुंदै आई रहेको एक तितो अनुभव हामी संग छ । सभ्यताको
बिकास संग संगै अपराध संख्यामा पनि समानान्तर बृद्धि भएको पाईन्छ । बिगतका
दिनहरुमा भएका घटना तत्सम्बन्धि अघि पछिका बिकासक्रम र र परिणामको अध्ययन बिश्लेषण
एवं मननले भाविका दिनहरुमा अरुकालागि सुरक्षा निम्ति पाठ पढाउने पथ प्रर्दशकको
भूमिका निर्वाह गरेको हुन्छ ।
अपराध प्रबृति (Modus Operandi) भन्नाले अपराधीद्धारा हुने गर्ने अपराधिक
क्रियाकलापसंग सम्बन्धित तरीका, शैली, समय, साधन, कारण आदि पर्दछ ।
यस प्रसंगमा मनोबैज्ञानिक अपराध शास्त्री तथा समाजशास्त्रीहरु बिच पनि मत मतान्तर
पाईन्छ । कसै कसैले मानव स्वभाबैले अपराधी हुदैन । समय परिस्थिती र परिबन्दले
गर्दा अपराध कर्म नचाहदा नचांहदै हुन जान्छ भन्ने तर्क राख्ने गरेको पाईन्छ भने
अर्काथरी भिन्न पक्षमा देखिन्छन् । उनीहरुको भनाईमा केही व्यक्ति, केही जाती बिशेष, कुनै लिङ्ग
सम्प्रदायहरु अपराधिक कार्य गर्ने मनोवृत्ति र मानसिकता जन्मजात लिई आएका हुन्छन
। अझ त्यस माथी पनि केही बिद्धानहरुले त
यहाँ सम्म भनेका छन् कि शारीरिक बनौट, हिडाइ र जिउडाल पनि त्यस्ता व्यक्तिहरु
गभबिस्थामै अपराधीको जस्तो धारण गरेका हुन्छन् । त्यसता व्यक्तिहरु प्रायश हिंस्रक
हुन्छन् भनिन्छ । यसरी छुट्टा छुट्टै बिरोधाभास तर्कहरु देखिएता पनि सामाजिक संरचना, आर्थिक स्तर, धार्मिक तथा
सांस्कृतिक संस्कार र परिबेशहरु अपराधका मुख्य कारक हुन्छन् । कुनै ठाउँको
प्राकृतिक भौगोलिक बनोट, जलबायु, मौसम, जीवजन्तु, बनस्पतीहरुले पनि
मानव मन मस्तिष्कमा असर पारी रहेका हुन्छन् । तदअनुरुप मानिसको आचरण, व्यवहार, बौद्धिक दृष्टिकोण
हुन जान्छ । निष्कर्षमा भन्नु पर्दा अपराध आफै हुने हुदैन । यसकालागी कारण, कारक तत्व र कारणी अनिवार्य हुन्छ । यसरी
बिश्लेषण गर्दा एक समुदाय, समाज वा देशमा सामान्य मानिने क्रियाकलाप अर्का
समुह समाज वा देशमा बर्जित हुन सक्छन् । एकै प्रकृतीको कार्य कुनै समय, कुनै ठाउँमा
स्विकार्य र कुनै ठाउँमा अस्विकार्य र
प्रतिबन्धित हुन सक्छन् । कसैले शान्त दिमागले सोच बिचार गरी, बुद्धि पु¥याई योजना बनाई त
कसैले त्यस्तो नगरी तत्काल आवेगमा आई भावनात्मक संवेग नियन्त्रण गर्न नसकेर
आकस्मिक ढंगबाट अपराध कार्यमा एक्कासि लिप्त हुन पुग्छन् । जुन सुकै तवरबाट जे
जसरी जस्ता अपराध हुन्छन तिनका कार्य पद्धती अपराधको किसिमहरुलाई बिभिन्न आधारमा
बर्गिकृत गरी बिभाजन द्धारा बेग्ला बेग्लै श्रेणीमा अध्ययन गर्नाले बिशेष जानकारी
मुलक पहिचान उपलध्ध हुन्छ । यस्ता ज्ञान मानिसकोे सुरक्षात्मक बिधिमा उपयोगी र
लाभदायक सिद्ध हुन सक्छन् ।
धेरै थरीको अपराधहरु मध्ये जघन्य अपराध अन्तर्गत पर्ने कर्तव्य ज्यानको
तथ्याङ्क (नेपाल अधिराज्यको २०५६ श्रावण, भाद्र र आश्विन) केलाउदा
३५ देखि ४४ वर्ष भित्रका उमेर समुह सर्वाधिक पिडित पाईएको छ । त्यसमा मध्य बिकास
क्षेत्र ४९ अंकले अग्रणी भएको छ भने ७८.७९ प्रतिशतको प्रतिनिधित्व हिन्दु
सम्प्रदायबाट बेलुकी ६ बजे देखि राती १२ बजेको समय सीमा बिचमा १३ अंकले र आईतबार
२४ अंकले अग्रस्थान ओगटेको पाईन्छ । संख्यागत हिसाबले ३० अंक ल्याई पश्चिम
क्षेत्रको दोश्रो र २७ अंकले पूर्वा क्षेत्र तेश्रो भएको छ । मध्य पश्चिम क्षेत्र
१४, सुदुर पश्चिम क्षेत्र १२ र काठमाण्डौ उपत्यका ८ अंकले
पछ्याई रहेको पाईन्छ । बौद्ध ६.०६ प्रतिशत, मुश्लिम २.२६ प्रतिशत, क्रिश्चियन ०.७६
प्रतिशत र धर्म नखुलेको १२.१२ प्रतिशतले क्रमिक अनुसरण गरेको पाईन्छ । कुल १३२
अंकमा पेशागत रुपमा कृषि पेशामा ८४ अंकको पिडित संख्याले अरु सबैलाई पछाडी पारेको
देखा परेको छ । अपराधको कार्यबिधि तर्फ धारिलो हतियारको प्रयोग द्धारा ३९, कुटपिटबाट ३८, गोली प्रहारले २०
तथा अन्य ३५ वटा घटना चित्र प्रष्ट हुन आउछ ।
अर्का अपराधिक घटना हो आत्म हत्या । जसबारे जानकारी हुंदा अभिबावक वर्गबाट
सतर्कता अपनाउन सकिएको खण्डमा अप्रिय घटनाहरु हुन गर्नलाई निरुसाहित गर्न सकिन्छ ।
आ.व.२०५३।०५४ मा १७१०, आ.व.०५४।०५५ मा २०५८ र ०५६।०५७ मा २१४१ को दुत
गतिले क्रमशः २०.३५ प्रतिशत र ४.०३ प्रतिशतले घटना संख्यामा बृद्धि हुंदै गएकोे
पाईन्छ । कुल ३०० मा ५० जनाको १५ देखि २४ वर्ष भित्रका उमेर समुहद्वारा बेलुकी ६
बजे देखि १२ बजे सम्मको समय भित्र सर्वाधिक आत्म हत्या गरेको पाईएको छ । कुल ४९०
मा ९५ महिला आत्म हत्याको संख्या झुण्डिएर गरेको र कुल ३०१ संख्यामा २२ जना कृषि
पेशाकाहरुले आईतबार सब भन्दा बढी आत्म हत्या गरेका छन् ।
यसरी हेर्दा
हाम्रो देशमा आत्म हत्या बढी संख्यामा झुण्डिएर गर्ने गरेको पाईएको छ । समग्रमा
आत्म हत्या गर्नेको संख्या पुरुषको बढी छ तर झुण्डिएर आत्म हत्या गर्नेमा पुरुष
भन्दा महिलाको संख्या अघि छ । आत्म हत्याका विविध कारणहरुमा घरायसी मुख्य रहेको छ
। झुण्डिएर आत्म हत्या गर्नुको संख्या यस कारण बढी छ की यसका लागि आवश्यक पर्ने
डोरी, पटुकी, पेटी, गलबन्दी, पगडी, धोती, साडी, टाई, पछ्यौरी, सिक्रि, सुराल, दाम्लो, नाम्लो, पेटिकोटको ईजार
जस्ता घाटिमा बाँध्न मिल्ने साधन सजिलै सर्वत्र उपलब्ध हुन्छ ।
अर्को एउटा अपराध चोरी हो । सामान्य समझदारी अपनाउन सकेमा पनि यसलाई पन्छाउन
वा टार्न सकिन्छ । चोरी मुद्दाको क्षेत्रगत आधारमा कुल १४८ मध्ये पुर्व क्षेत्र ५६, पश्चिम क्षेत्र
३२, मध्य क्षेत्र २६, मध्य पश्चिम क्षेत्र ११, सुदुर पश्चिम
क्षेत्र ११ र उपत्यका १२ गरी आ–आफ्नै स्थानहरुमा पिडित बन्न पुगेको देखिन्छ ।
कुल १४८ चोरीका घटनाहरुमा ५९ वटा बेलुकी ६ बजे देखि राती १२ बजेको बिच सर्वाधिक
भएका छन् । कुल १४८ चोरी मुद्दामा घरमा कोही नभएको मौका पारी र सुती निदाई रहेको
अवस्थामा ३३, ताल्चा फोरेर २८ र कुटपिट गरी जवरजस्तीसंग १८ घटनाहरुले
जनमानसमा सजगता ल्याउने पर्ने देखाउँछ । त्यसै गरी पसल फोरेर १७, सुरुङ खनेर १२, गोठबाट चौपाया
चोरी १०, पार्क गरेको साईकल र मोटर साईकल ९, गैती (सावेल)
प्रयोग गरी ६, झ्यालको सिसा काटेर २, नसालु पदार्थ सेवन गराएर
१, जिउमा (शरिर) फोहर लगाई दिएर १ र अन्य कारणहरु ११ रहेका छन्
। अपराध कर्मीहरुको यस्ता गतिविधि तथ्याङकले आम जनतालाई आफ्नो धनमालको उचित हेरचाह
गर्नु भनि सचेत गर्दछ ।
यस प्रकार अपराध
प्रवृत्तीको जानकारीले अपराध र अपराधिलाई सजिलो पर्ने समय, तरिका छल्न सकिने
यथार्थका कारण सचेत नागरिक वर्गले यसको महत्व र उपादेयता मनन् गर्न लाभदायी हुन्छ
।
प्रशिक्षार्थी
पत्रकार
(कृष्ण कुमार तामाङ)
२०५६/११/०६
सन्दर्भ सामग्री
श्रोत अपराध अनुसन्धान तथा अन्वेषण – अ.अ.बिभाग प्रहरी प्रधान कार्यालय
Labels:
Law Enforcement
Ph.D. (Public Administration)
M. Phil. (Police Administration), M.Sc. (Disaster Mitigation),
M.Sc. (Criminology), P.G. (International Humanitarian Law); born on 11 September 1963 has also a Bachelor’s degree in Humanities, graduated from Nepal Police Academy (1987); training courses in Security & Safety, Crime Investigation, Surveillance, Intelligence, International Certified Instructor in Team Building, Human Rights, Law of Armed Conflict, Journalism, Urban and Guerrilla Warfare & Battle Management, Conflict Management & Crisis Management. Additionally he has police science and military science courses in India, Kosovo, South Korea, Haiti, USA and China (1987-2012).
Subscribe to:
Posts (Atom)