Friday, August 7, 2015

विपद् व्यवस्थापनमा सामान्य झै लाग्ने गम्भिर पक्षहरु : एक विवेचना Np


विपद् व्यवस्थापनमा सामान्य झै लाग्ने गम्भिर पक्षहरु : एक विवेचना


बर्सेनि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय प्राकृतिक प्रकोप न्युनिकरण दिवस अक्टोवर महिनाको दोस्रो बुधवार प्रकोपको जोखिम न्युनिकरणकै महत्वका लागि मनाउदै आएको छ । यसले विश्वव्यापी जनता तथा सरकारहरुलाई उक्त किसिमका जोखिम प्रतिरोधी समुदाय एवम् राष्ट्र निर्माणमा उत्प्रेरणा प्रदान गर्दछ । त्यस अवसरमा संचार माध्यमहरुमा अभियानकै रुपमा प्रचार प्रसार तथा जनजागरणमा आधारित कार्यक्रमहरु प्रसारित हुन्छन् । सरकारी, गैरसरकारी संघ संस्थाहरु, शैक्षिक प्रतिष्ठान आदि जागरुक नागरिकहरुको समुहद्वारा आयोजना हुने नागरिक सचेतना अभिवृद्घि कार्यक्रमहरु अन्तर्गतका नाटक मञ्चन, चित्रकारिता, फोटोग्राफी प्रतियोगिता, कथावाचन, प्रभात फेरी, वृक्षारोपण, गोष्ठि संचालन, अन्तरक्रिया जस्ता अनेकन् क्रियाकलापहरु हुने गर्दछन् । मुल उद्देश्य विश्वभर धेरै  मानिसहरुले जिउधनको नोक्सानी अप्रत्याशित रुपमा बेहोर्नु परेको प्राकृतिक प्रकोपको रोकि नसक्नु तितो सत्यको न्युनिकरण गर्नु हो । प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, बाढी, पहिरो र आगजनी नेपालको परिप्रेक्ष्यमा प्रायसः हुने गरेको पाइन्छ । विगत प्रकोपहरुको अध्ययनले ठूलो संख्यामा देशको जनधनको क्षति भएको तथ्याङ्क प्रस्तुत गर्दछ भने आउँदा दिनहरुमा बढी जनघनत्व, भवन संरचनाहरुको बाहुल्यता र प्राकृतिक श्रोतहरुको अत्याधिक दोहन जस्ता कारणहरुले अझ बढी विभत्स दुर्घटना हुने संभावना अत्यधिक बढेर गएको वास्तविकता नकार्न सक्ने अवस्था छैन ।
       वि.सं. २०६६ बैशाख १० गतेको एउटा ज्वलन्त दृष्टान्त, रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप गाविस वा.नं. ८ मा नजिकको मानव बस्ती तर्फ बारीपाखा सामुदायिक बनको डढेलो रोक्न खटि गएका १३ जना नेपाली सेनाका फौजले जिउदै आगोको घेराबन्दिमा परेर बीर गति प्राप्त गरे । त्यसता दुखद दुर्घटना हुन नदिन सुरक्षाका लागि खटि जाने सुरक्षाकर्मी स्वयम् पहिले सुरक्षित रहनु सक्नु पर्दछ । शारिरीक बल र कौशल मात्र प्रकोप नियन्त्रण वा मत्थर पार्न पर्याप्त हुन सक्दैन ।
        सन् २००० सेप्टेम्वर ११ तद् अनुसार वि.सं. २०५७ भाद्र २६ गते अमेरिकाको ट्विन टावर माथि आतङ्ककारी हमलामा हताहत जन समुदायको तत्काल उद्घारका लागि गएका सुरक्षाकर्मीहरुमाथि पनि विशाल भवनको जल्दै गरेको भग्नावशेष खस्नाले अर्को मार्मिक दुर्घटना हुन गएको थियो । त्यसतै दुर्घटना वि.सं. २०४५ सालको भुकम्पको विनाशबाट पिडित जनताको राहतका लागि खाद्यान्न वितरण हुदा भक्तपुरमा भएको अनियन्त्रित भिडको किचाईबाट अकारण कतिले ज्यान गुमाएका थिए ।
        यो पंक्तिकार आफु संयुक्त राष्ट्रसंघको शाति स्थापनाका लागि सन् २००१ मा पूर्व युगोस्लाभिया कोसोभोमा सेवारत छदा सडकमा सवारी दुर्घटनाका घाइतेहरुलाई उद्घारका निम्ति उठाउन जॉदा संगैका अन्तराष्ट्र्रिय प्रहरी सहकर्मीहरुका साथ हातमा मेडिकल पञ्जा लाएर मात्र अघि बढेको संस्मरण ताजै रहेको छ । घाइतेको अङ्गभङ्गबाट भएको रक्तश्राव उद्घारकर्ताको शरीर र लुगामा लतपतिन गई एड्स र हेपाटाइटिस बी जस्ता रोगको संक्रमणको सम्भावना प्रति पूर्व होशियारी अपनाउनु प्राथमिकतामा पर्दछ । अर्कातिर, संक्रमित सुरक्षकर्मीको आप्mनै हात पाखुरामा कुनै खटिरा वा चोट पटक भए त्यसैबाट घाइतेको रगत माध्यमबाट घाइतेलाई संक्रमणको अर्को जोखिम थप हुन सक्दछ । भुकम्प अथवा अन्य कुनै कारणवश भत्किएका भवन जस्ता कुनै संरचनाले दबिएका घाईतेको उद्घार कार्यमा बडो जतनसाथ उपलव्ध भए सम्म प्रशिक्षित जनशक्तिको सहायता लिनु पर्दछ । अन्यथा मुढे बलको भरमा ढंग नपुराएकै कारण अन्जानवश घाईतेको जिउ ज्यान संकटमा पर्न सक्दछ ।
        अनेक किसिमका अस्वाभाविक प्रकृतिका घटनाहरुमध्ये अपवादका रुपमा कहिले कॉही आगजनी अथवा विपत्ती भएका स्थलमा उपस्थित सबै सहृदयी र सहयोगी हुन्छन भन्नें हुदैंन । मौकाको ताकमा रहेकाहरुले लुट्ने कार्यमा ध्यान मोडेर घाईतेहरु प्रति बेवास्ता गर्दै मानविय कमजोरी नियन्त्रण गर्न नसक्ने पनि हुन सक्छन । अनावश्यक रमितेको भिड सर्वथा बर्जित गर्नु पर्दछ । जीवितहरुले आफ्ना प्रियजनको खोजिमा यताउता दौडने क्रियाकलाप गर्दा उद्घारकर्मीहरुलाई वाधा पुग्न सक्छ तसर्थ त्यस घडीमा संयमता र सम्वेदनशीलता अपरिहार्य हुन्छ । जापानको कोबे स्थित माइको हाई स्कुलका विद्यार्थीहरुले  UNCRD Hyogo Office NSET-Nepal को सहायताले अन्तराष्ट्र्रिय कार्यक्रम मार्फत यस्तै जीवन रक्षक उपायहरु सिकाउन अनुभवको आदान प्रदानका लागि नेपालसंग संल्ग्न हुनु प्रशंसनिय कार्य गरि रहेका छन् । ती सबलाई साधुवाद
        धेरै घटनाहरु छन् जसको फेरिस्त लामो बन्छ उदाहरणको लागि घाईतेको प्राण रक्षार्थ द्रुत गतिको एमबुलेन्स आफै दुर्घटनाग्रस्त हुनु । उद्घारकर्ताले मनन गर्नु पर्नेकुरा नअत्तालिएर धैर्यपुर्वक सुरक्षाको सर्वोपरि महत्वको सिद्घान्तलाई अंगिकार गर्नु हो । अतएव उद्घार एवम् राहत कार्यमा संल्गन जनशक्ति पहिले आफै सुरक्षित रहे मात्र अरुको सुरक्षा गर्न सक्दछ । त्यसैले त हवाई जहाजको उडान हुनु अघि यात्रुहरुलाई आपतकालीन अवस्थामा सुरक्षाको पूर्व जानकारी गराउने सन्दर्भमा पहिले अभिभावकले अक्सिजनको मकुण्डो(mबकप) प्रयोग आफैलाई गरेर मात्र शिशुलाई सघाउनु निर्देशनमा भनिएको हुन्छ ।
         विपद् व्यवस्थापन सिलसिलेवार र क्रमिक योजनावद्घ ढंगबाट अन्य सम्बद्घ निकायहरु संगको समन्वयात्मक एवम् सहकार्यको परिचालनबाट व्यवस्थित, सहज तथा प्रभावकारी बन्न सक्दछ । 

२०७० मंसिर १९
प्रकाशित :
वार्षिक विशेषाङ्क माघ २, २०७०
सशस्त्र प्रहरी बल
विपद व्यवस्थापन तालिम केन्द्र, कुरिन्टार

गणेशमान शान्ति अभियानको छात्रवृत्ति Np

गणेशमान शान्ति अभियानको छात्रवृत्ति

विकाशको पूर्वाधार शिक्षाको महत्व कति हुन्छ भनेर मापन गर्न सक्ने शायदै कुनै प्रविधि होला । यसै वास्तविकताको गहनतालाई दृष्टिगत गर्दै श्री ५ को सरकारको शिक्षा नीति रही आएकोमा गणेशमान शान्ती अभियान अन्तर्गत माओवादीहरुको आक्रमणबाट निधन भएका व्यक्तिहरुको संततीलाई छात्रबृतिको व्यवस्था गरिनुलाई सबै क्षेत्रबाट सह्राहना भएको छ । आजका विद्यार्थी भोलिका देशका कर्णधार हुन् । यिनको शिक्षाको आवश्यकता परिपुर्ति गर्नमा यस प्रकारको अभियान निश्चय पनि स्वागत योग्य छन् ।
यसै परिप्रेक्ष्यमा जानकारी लिने सिलसिलामा सल्यान जिल्लाका जिल्ला शिक्षा अधिकारी ध्रुवराज के.सी संग बुझ्दा मंत्रालयबाट रकम आएको जति पर्याप्त नभएको तर हाल सम्म १९ जना बिद्यार्थीहरुलाई एकमुष्ट छात्रवृतिबारे २०५६ असारमा सरकारको निर्णय भएता पनि २०५६ मंसिर देखि मात्र बितरणको प्रकृया भएको पाइन्छ । जिल्ला प्रशासन कार्यालयबाट बिद्यार्थीको नामावली तथ्यांङ्क जिल्ला शिक्षा कार्यालयलाई उपलब्ध हुन्छ भने विभिन्न तहका बिद्यार्थीैहरुकालागि निद्र्धिष्ट रकम पनि तोकिएको छ । प्राथमिक तहकालाई एकमुष्ट रु ५०० र मासिक रु १००, निम्न माध्यामिक तहलाई रु १ हजार र रु १५०, मा.वि.लाई रु १२०० र रु २०० त्यसै गरी प्रमाण पत्र वा उच्च मा.वि.लाई रु २,००० र रु ५०० स्नातकलाई रु २,५०० र रु ८०० तथा स्नातोत्तरका लागि रु ३ हजार र रु १ हजार छुट्टयाइएको छ ।
उपयूक्त बमोजिम बिद्या आर्जन गर्न बिद्यार्थी प्रति सरकारको सद ईच्छा अनुरुप बिद्यार्थीको पनि लगाव हुनु पदैछ । तर बिद्यार्थी अनउत्र्रीण भएमा छात्रबृत्तिको सुबिधाले निजरन्तरता पाउने कि नपाउने भनि प्रश्न गर्दा जि.शि.अ. ध्रुबराज अगाडी थप्नुहुन्छ, त्यस किसिमको सीमतिता कुनै निर्देशनमा उल्लेख भएको छैन तथापी त्यस्तो परिस्थीतिमा सोच्नै पर्ने हुन्छ ।
आप्mनो स्थायी वतन जुन सुकै जिल्ला होस् अध्ययनरत जिल्लाको शिक्षा कार्यालयबाट विद्यार्थीहरु छात्रवृत्ति सोझै आफै लिन सक्दछन् । हालसम्म जिल्ला प्रशासन कार्यालयबाट १९ जना विद्यार्थीहरुको सिफारिष भएकोमा अधिकतम कति जना सम्मलाई यसरी यो योजना अन्तर्गत समाहित गर्न सकिन्छ भनि जिज्ञासा राख्दा सहायक प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश न्यौ्रैपाने खुलाशा गर्दै भन्नु हुन्छ आजका ससाना दुधे बालक जव बिद्यालय जान सक्ने हुन्छन् तव यो संख्या बढ्ने निश्चित छ र फेरी कुनै घटना भएमा संख्या त स्वतः थपिने छ । विद्यार्थीको तर्फबाट अध्ययन रोकिएमा वा रोजगारमुलक जागिरदार भएमा छात्रवृत्ति नदिने नीति भएको र स्नातोत्तर भन्दा माथिललो तहको अध्ययनकालागि अथवा विदेशमा अध्ययन गर्नका लागि के कस्ता परिबन्ध छ भनि थप प्रश्न गर्दा भर्खर भर्खर यो योजना आएकोले अहिले यो बिषयमा मौनता छ भनि बताउनु हुन्छ ।
जिल्ला सदरमुकाम खलंगा स्थित हिमदृश्य वोर्डिङ बिद्यालयका सहायक प्रधानाध्यापक अम्बर बहादुर वलीसँग पनि गणेशमान शान्ति अभियान अन्तर्गत छात्रवृत्तिबारे प्रतिकृया लिने प्रयास गर्दा यस्ता योजना भएको सुनेको तर विस्तृतमा आफुलाई जानकारी नभएको यद्यपी आप्mनै विद्यालयमा त्यस्ता सुबिधा लिने विद्यार्थी रहेको तथ्य् पनि उहां स्विकार्छन् ।
यस्तै सोलुखुम्बु जिल्ला घर भई हाल काम बिशेषले जिल्ला सदरमुकाम मै गत २ वर्ष देखि रही आउनु भएका अर्का बुद्धिजिवी बिनोद पोख्रेलसंग यस्ता कल्याणकारी योजना प्रति आफ्नो धारण राख्न आग्रह गर्दा यो ज्यादै राम्रो योजना हो र अर्थको सही उपयोग हुनु पर्दछ । अन्यथा दुरुपयोग भएमा विडंवना मात्र हुनेछ । वास्तविक पिडितलाई राहत पु¥याउने यो कार्यक्रम कसैलाई मोटाउने माध्यम हुनु हुदैन भनि राय पोख्छन् ।
कालान्तरमा समयको चक्रसंगै महंगी पनि बढ्दो छ त्यसैले यस तर्फ पनि सोचनिय हुन आउँछ । हाल जे जती रकम जसरी जस्तो परीपाटी भएको छ त्यसको कदर गरिनु पर्र्दछ । राज्य व्यवस्थाले लोककल्याणकारी योजना ल्याएकोमा सरकारलाई साधुवाद दिनै पर्दछ । यो कार्यक्रमले भविष्यमा दिगो रुप लिई सबल र पर्याप्त बन्ने संकेत दिएकोले अझ प्रभावकारी हुने आशा गर्न सकिन्छ ।

 
कृष्ण कुमार तामाङ
प्रशिक्षार्थी पत्रकार
(२०५६ फाल्गुण २३ गते)

Thursday, July 30, 2015

हाइटीमा नारीवाद Np

हाइटीमा नारीवाद  



न्याय नपाए गोर्खा जानु भन्ने नेपाली उखान जस्तै वास्तविक प्रजातन्त्र र खुला समाजवाद हेर्न शायद हामी मध्ये धेरैको अमेरिका, भारत वा युरोपेली मुलुक हेर्नु भन्ने धारणा रहेको हुन सक्दछ । ति मुलुकहरु भन्दा भिन्नै अस्तित्वमा रहेको, चर्चामा नआएको तथा छिमेकीहरुको विकाशको नजारा हेरी संतुष्टि लिने मुलुक हो हाइटी । नारी स्वतन्त्रता र हक हितका ज्वलन्त विषयहरुमा ति देशहरु अवश्य पछि छैनन् तर आर्थिक, सामाजिक एवं राजीनितिक आदि कारणहरुले पश्चिमी गोलाद्र्धमै सर्वाधिक गरिब राष्ट्र बन्न पुगेको हाइटीको रोचकता कम चाख लाग्दो छैन । त्यहाँको सामाजिक परिपाटी मात्र नभएर भौगौलिक बनौट र प्राकृतिक विशेषता पनि साच्चिकै हेर्नलायक छन् ।
    हाइटी क्यारेबियन सागरमा अवस्थित एक द्विप भएको हुनाले समग्रमा औसत तापक्रम २४ देखि २८ ड्ढऋ रहने  त्यस मुलुकमा जाडो याम छैन । फलस्वरुप बाह्रै महिना समुद्री आद्र्रताको गर्मी त कतै वर्षमा दुई बर्षा मौसम हुनाले केरा र आँप अटुट रुपमा पैदावर हुने र नरीवलका रुखहरु तथा केराका बोटहरु डाँडाका अग्लो भुभागमा मौलाएको देख्दा आश्चर्य मिश्रित रमाइलो लाग्दछ । सुन्तला जातका फलफूलहरु प्रशस्तै पाइने र हिमाली चीसो हावापानीमा हुर्कने धूपीसल्लोका रुखहरु त्यस्तो गर्मी ठाँउमा सप्रेको देख्न पाउदा खुशी लाग्नुका साथै अचम्मित पनि तुल्याउछ । दिगाो शान्ती र टिकाउ सरकारको अनुपस्थितीमा राष्ट्रिय वा क्षेत्रीय निकुन्ज प्रकृितका कुनै आरक्ष नहुनाले तिव्र जनसंखया वृद्धि तथा वन विनाशले वन्य जीव जन्तु संकटमा छन् । जंगली बनेल, जंगली हाँस, लौकाट प्रजाती लोप भै सकेका छन् ।
    यस प्रकार सामाजिक परिवेशका कुराहरु उल्लेख गर्दा त्यस ठाँउको ऐतिहासिक पृष्ठभूमि र धार्मिक संस्कृति प्रति चासो हुनु सामान्य हुन्छ । फ्रान्सेली, अफ्रिकी, स्पेनेली र मूल निवासीहरुको मिश्रित उदारवादमा विश्वास गर्ने सांस्कृतिक झलक वत्र्तमान हाइटीमा देख्न पाइन्छ । कुरो धेरै पुरानो पनि होइन जब हाइटीका अफ्रिकी मूलका जनता १६औ शताब्दीको मध्य तिर फ्रान्सेली उपनिवेश अन्र्तगत शासित हुन्छन् । उनीहरु बहुसंख्यकको धर्म क्रिश्चीयन, भाषा र रहन सहन फ्रान्सेली निकट हुन जान्छ तथा उदारवादमा विश्वास गर्छन् । रमाइलो पक्ष त हाइटीका जनताले फ्रान्सेली शासनबाट ईसवी संवत् १८०४ सालमा स्वतन्त्र हुँदा फ्रान्सेली राष्ट्रिय झण्डाको सेतो रंग हटाएर आफनो मौलिक छवि समेतको बनाए । कालान्तरमा अमेरिकाबाट ईसवी संवत् १८६३ सालमा दास प्रथा उन्मूलन हुँदा त्यहाँ रहेका काला जातिका केही हाइटीमा थपिन पुग्दछन् ।
    पितृ सत्तात्मक संस्कार र अभ्यासमा हुर्केका हामीलाई हाइटीको मातृ सत्तात्मक सामाजिक संरचना देख्दा, अन्तर्मनको चाहनाका बावजुद बदल्न नसकेका कतिपय अबैज्ञानिक परंपरागत थितिहरुले थिचिएर बिचरो बनेका हामी त्यहाँको जस्तो उदार चित्तवृत्ति हाम्रो देशको परिप्रेक्ष्यमा भै दिएको भए कति जाती हुने थिए होला भनि शायद आत्मरति गथ्र्यौ होला भन्न सकिन्न । यहाँ उल्लेखित दृष्टान्त मात्र एक अभ्यासको सराहना गरेको निजी ध।रणा हो ।
    परिवारमा नवजात शिशुको नामाकरण आमाको नामबाट हुनु र समाजमा आफ्नो पहिचान आमाको परिचय श्र्रोत हुनु निसन्देह अनुकरण्ीाय र प्रशंसनीय पक्ष हुन् । यद्दपि यहाँ महिलाको अधिकार र मर्यादाको पृष्ठपोषणका कुराहरु मनग्गे हुने गर्दछन् तापनि बेला बखतमा महिला वर्गले छाडापन र उन्मादी शैली अपनाएको आरोपयुक्त लान्छना बेहोर्नु पर्ने स्थिती तथा आदर्शवादीको खोल ओढन् रुचाउनेहरुको आँखाको छारो जत्तिकै बिझाउने परिदृष्यमा हाइटीको त्यस किसिमको उदारवाद एवं स्वमुक्त चाहनाको प्रवृत्ति सही अर्थमा सबैले बुझ्नै पर्ने हुन्छ । समाजशास्त्रमा मानिस जन्मदै स्वतन्त्र र स्वछन्द हुन्छ त भनिन्छ तर सामाजिक बन्धन र रीतिथिति आदिले बाँधिएको हुन्छ ।
    कुनै उपन्यासमा कथाकारको आदर्शको आडम्बर झल्काउने खाल्को कथावस्तु जस्तो नभएर वास्तविकताको धरातल एवं नितान्त व्यवहारीक जीवनयापनमा आधारीत हाइटीको मातृ सत्तात्मक समाजमा युवा युवती एक आपसमा प्रेम गर्नु वा मित्रता गर्नुलाई अनैतिक मान्दैनन् । विपरीत लिंगीहरुको एक आपसमा समझदारी तथा मितेरी व्यवहार गर्नुलाई अन्ततगोत्वा वैवाहिक नातामा रुपान्तरित हुनु पर्छ भन्ने कसैको एक रत्तीभर सोंच हुदैन । प्रेमी युगलको प्रणयसुत्रमा बाँधिनु सन्दर्भमा अन्तिम निर्णय स्वयं महिलाको हुने गर्दछ । अर्थात महिलाले स्विकृती दिनु वा नदिनु विषयको अग्राधिकार महिला आफैमा सुरक्षित हुन्छ । हिन्दी चलचित्रहरुमा पितृ सत्तात्मक समाजमा पुरुषले नारी अस्मिताको खेलवाड गदै बिहे गर्ने झुठो आश्वासनमा महिलालाई शोषण गरी अन्तिम घडीमा बिचल्लीमा पार्ने यदाकदा हुने सामाजिक विसङ्ंगतिलाई कथावस्तुको माध्यमद्वारा अनावरण गरे विपरीत हाइटीमा महिलाले कुनै पुरुषलाई विवाहित जीवनसाथीको रुपमा स्विकार्न आमा बनि सक्दाको अवस्थामा पनि श्रीमान्को आवश्यकता अपरिहार्य ठानेको हुदैंन् । हाइटीका आमाहरु विवाहिता वा अविवाहिता हुनुूमा तात्विक फरक पर्दैन । यस्ता मामिलामा उनीहरु न तिरस्कृत हुन्छन् न लाचार ।  बिहाबारी संगै घरजम गर्नै विश्वव्यापी मानवीय शाश्वत नियमका अतिरिक्त घरजम गर्दै फुर्सदमा इच्छा भए मात्र विवाह गर्नै अन्यथा एउटै घर परिवारमा संगै एक अर्काको दुस्ख सुख साझा गरि जीवन निर्वाह गर्दै भएका सन्तानोत्पत्तिका बाबजुद पनि महिलाले श्रीमती बन्नै पर्ने बाध्यकारी सामाजिक रीति छैन । बिहे पछि बिलौना गर्दै सम्बन्ध बिच्छेद गर्नु भन्दा बिहे अघि सबै देखेर, भोगेर संतोष लिएर ढुक्क भै सके पछि बल्ल बिहे गर्ने वा सजिलो तरिकाले कुनै झमेलामा नपरि त्यो घर छाडी अझ राम्रो अर्कै श्रीमान्को चाहना गर्ने त्यो छृट महिलालाई हुन्छ । चार पाँच सन्तानका कारक भै सक्दा पनि जन्मदाताहरुको बिहे अझै हुन गर्न बाँकी नै रहेका प्रसंगहरु भेटिंदा अचम्मकै अनौठो लाग्दछ ।
    त्यसैले हाइटीको समाजमा बिना बाबुका बच्चाहरु धेरै मात्र नभएर प्रशस्तेै भेटिन्छन । तिनीहरुलाई रुढिवादी संस्कृतीमा हुर्किनु जस्तो पिडादायी अवहेलना र कटु वचन खेप्नु पर्दैन किन कि उनीहरुको आमाको स्थान समाजमा अन्य सामान्य नागरिकको भन्दा अलग हुदैंन । उनीहरुसंग आमाको परिचय हुन्छ र त्यसैको आधारमा आफ्नो कसैको भन्दा कम नभएको गर्विलो पहिचान ।


२०७१ फागुन २०

डा.कृष्ण कुमार तामाङ

(लेखक संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ मिशन मिनुस्ताह प्रधान कार्यालयमा सन् २००५मा टेक्निकल अडभाइजर हुनुहुन्थ्यो ।)

प्रकाशन : नारी दिवसको सन्दर्भमा
राजधानी लोकप्रिय राष्टिय दैनिक 
वर्ष १४, अंक २६८, काठमाडौ
आइतबार २४ फागुन २०७१