Friday, August 7, 2015

घरेलु हिंसामा न्युनिकरणको आवश्यकता Np

घरेलु हिंसामा न्युनिकरणको आवश्यकता


मानव जातिको उत्पत्ति कालदेखी सामाजिक परिवारको चाहना अनुरुप क्रमिक बिकास भएको चरम उत्कर्समा पुगेर पनी आज हामी संतोष प्राप्त गर्न सकेका छौनी भनेंमा अत्युक्ति हुने छैन । परिवार सुखी समृद्ध बनाउन त्यसता के कस्ता तत्वहरु छन् जसलाई हामी एकत्रितरुपमा संकलन गर्न चुकेका छौ ?
सर्वप्रथम हामी घरेलु हिंसा भनेको के हो? किन, कसरी, के कारण यो सर्वत्र व्याप्त छ बुझ्नकालागि अध्ययन बिश्लेषण तर्फ लागौ । जस्तो कि शव्दले अर्थ खुलाए जसरी घरायसी बिषयहरुमा आफन्तहरु बिचको आपसि समझदारी र सहिष्णूताको कमिका कारण देखा पर्ने सानातिना वाद विवादको बढ्दो स्वरुप हिंसामा परिणत हुन्छन् र अन्ततोगत्वा भयानक अपराधिक कुकार्यमा पनि परिणत हुन सक्छन । पारिवारिक हिंसा सम्बन्धि अनुसन्धान अनुसार प्राय जसो बालबालिकाहरु हिंसाको अनपेच्छित शिकार बन्न पुग्दछन् ।

हिंस्रक घरमा महिला तथा बालबालिकाहरुको स्थिती :
जब घरमा बाबु आमा बिच तनाव शुरु हुन्छ त्यहाँ बालबालिका माथी पनि प्रत्यक्ष वा अप्रत्यक्ष नकरात्मक प्रभाव पर्नका साथै दुव्र्यवहारको संभावना प्रवल हुन जान्छ । झगडालु परिवारका झण्डै आधाजस्तो पुरुषहरु जसले श्रीमती उपर हिंसा गर्छन् बालबालिकाहरु माथी पनि दुव्र्यवहार गर्छन् । राज्य स्तरमा महिला पिडित संख्या ७५℅  आमाहरु आफ्ना बालबालिकाहरु उपर पनि श्रीमान्को वक्रदृष्टि हुने गरेको र हिंसा एवं दुव्र्यवहार गरेको बताउछन् । पिडित महिलाहरु आफ्नो बालबालिका प्रति पुर्णरुपमा ध्यान दिन भ्याउदैनन् । प्रत्येक वर्ष एक आँकडाका अनुसार ३० लाख भन्दा बढी बालबालिकाहरु आफ्नो बाबु आमाको जोखिमपुर्ण स्थितिमा दर्शन गर्न बाध्य हुने गर्दछन् । पेरुमा प्रत्येक ३ महिलामा १ एक जना पुरुषको प्रताडनामा परेका हुने गरेका छन् भने बङ्गलादेशमा पुरुषद्धारा कुल जनसंख्याको ६०℅  महिलाले पुरुषको पिटाई सह्नु दर्दनाक स्थिती रहेको छ । समग्रगा विवाह पछिका दिनहरुमा महिलाको सुख भन्दा दुःखका दिनहरु बढी भएको अधिकांश दृष्टान्तहरुमा देखिन आएका छन् । खास गरी दाईजोको कारण र त्यसो नभए अरु कुनै पनि कारण महिलाको अवस्था गर्भवती रहँदा अझ दयनिय र बढी नाजूक हुन्छ । गर्भमा रहेको भ्रुणको त स्थितीबारे बयान गरी नसक्नु हुन्छ१  ।
     नेपालगंज नगरपालिकाको स्थायी बासिन्दा हरी बहादुर (नाम परिवर्तित) आफ्नो युवाकालमा निकै चहल पहल गर्ने व्यापारी भएको संझना गर्दै गर्व गर्छन् । तर हिजआज अव त्यो पूmर्ति रहेन । साँझ परे पछि चाहिं हाल्ने बानीले गर्दा निजकी श्रीमती हरीकला पैसाको बचत गर्न  र श्रीमान्को स्वास्थ्यको समेत परवाह गर्ने निहूँमा घरैमा कुनै उपायद्धारा तीनपाने झार्न जोहो गर्छिन् । उता भनें श्रीमान्को चाल अर्कै छ । घरको त्यो तयारीले बजारीया मार्कावालाले जतिको स्वाद दिन नसकेको वा त्यसैको लत लागेकोले गर्दा धितै नमर्ने बताउदै भट्टि प्रतिको मोह त्याग्न सकेका छैनन् र घर अगाडी चिया घुम्तिमा गएर त्यस्तो सकसकि मेट्न आनन्द मान्छन् । त्यतिले मात्र चित्त नुबझेर अझ “ कल्लु... कल्लु...” भन्द्रै पचाउन गाह््रो हुने गगनभेदि स्वर एकरट निंदले आँखा टम्म नहुन्जेलसम्म घर छरछिमेकका सबैलाई मनग्गे हुने गरि सुनाउन आफ्नो पुरुषार्थ ठान्छन् । फेरी एकाएक झोक्किएर भक्का भक्कि श्रीमती उपर लातघुस्सा पनि बर्साउदाँ समेत तिनका परिवारजनको बिरोध नहुनुले यो स्तम्भकार चकित पर्दछ । कुरो बुझ्दा त त्यस किसिमको व्यवहार त्यो घर परिवारको लागी नियमीत हुने गरेको अभ्यास पो रहेछ । कुनै दिन दैवले नगरोस, अलि बेस्सरी कुठाउँमा चोट लागे के हुन्छ ? पीडा सह्न नसक्ने अवस्थामा “कल्लु” पुगी र चोट फर्काउदा हरी बुहादुरलाई भारी पुग्ने गरी भयो भनें के हुनें ?

बालबालिकामा हिंसाको प्रभाव :
बाबु आमाको हिंसामा साक्षि रहनु पर्ने अवस्थाले बालबालिकाको बानी व्यहोरा, आचरण र प्रबृत्तिमा नराम्रो असर पर्नाले मनोबैज्ञानीक अस्थिरता, भक्भकाउने, व्याकुल रहने, डराउने आत्म बिश्वासमा कमि तथा खेलकुद पढाई जस्ता दैन्दिन बिकाश प्रक्रियामा समस्या देखा पर्न सक्छन । अर्का तर्फ  वयस्क, बुजुर्ग र गुरुजनहरुमा आदर श्रद्धा गर्न छाड्छन र छाडा प्रवृत्ति तर्फ उन्मुख हुन सक्छन् । झगडालु स्वाभाव भएका आमा बाबुका बालबालिकाहरु २० देखि ४० प्रतिशत चिरकालीक झगडिया स्वभाव भएका पाइएका छन् । गैरकानुनी कृयाकलापमा संलग्न रहेका र संलग्न नरहेका दुई किसिमको युवाहरुको तुलनात्मक अध्ययन गर्दा झगडालु बाबु आमाका सन्तानहरु बढि गैरकानुनी क्रियाकलापमा बढी संलग्न रहेका पाइए । घरायसी दुव्र्यवहारमा पिडित बालकहरु अरुभन्दा चारगुणा बढि प्रहरी हिरासता पर्ने गर्दछन् । केही युवाहरु मनोबैज्ञानीक तथा भावनात्मक क्लेशका कारण आत्म हत्याको प्रयास तथा लागु औषध र मदिरा सेवन गर्न थाल्छन२ ।

घरेलु हिंसाले बिकासमा पार्ने प्रतिकुल असरहरु :
विकास कार्यमा खर्च हुने कुल रकमको ३ गुणा बढि खर्च घरेलु हिंसाको कारण महिला उपर हुने शारिरीक तथा मानसिक पिडाको उपचारमा हुने गर्दछ । घरेलु हिंसाले महिलाको नोकरी पेशामा संलग्न हुने खुला चयनको क्षमतालाई बाधा पुराउनाले घर, परिवार, समाज, र अन्त्यमा राष्ट्रलाई ठुलो आर्थिक सहयोग पुराउन सक्दै्रनन् । घरेलु हिंसाकै कारण बिद्या आर्जन र सिपमुलक कार्यक्रमहरुमा महिलाहरु अपेक्षाकृत संलग्न हुन सक्दैनन् । आद्यौगिक तथा बिकासशील देशहरुमा महिलाहरु अपाङ्ग हुने तथा मृत्यु हुनुको मुख्य कारण घरेलु हिंसा हो भनेर बिश्व बैंकले पत्ता लगाएको छ३ ।

घरेलु हिंसाका अन्य उपजहरु :
हिंसाले अवश्यै शान्ती ल्याउन सक्दैन र हिंसाको अन्य उपजहरु प्रति हिंसा सिवाय अरु केही हुन सक्दैन । घरेलु हिंसाको शिकार बालबालिका र महिला मात्र हुन्छन् भन्ने होइन । यसमा पुरुष वर्ग पनि पर्ने सम्भावना नभएको होइन तर पुरुषहरु पत्नी पिडित हुँदा पनि लोकलाज र उपहासको पात्र हुन सक्ने संकोचले आफैमा गुम्सिन पुग्छन् र उनका कथा व्यथा सार्वजनिक हुदैनन् । अर्का तिर जब पुरुषबाट चरम बिन्दुसम्मको प्रताडना वा हिंसा हुन्छ तब अरु कुनै बिकल्प नपाइएको खण्डमा र त्यसमा पनि विशेष गरि आफ्नो बालबालिकाको जीवनमरणको प्रश्न आउँदा महिलाले आफुमाथी आफ्नो नियन्त्रण गुमाउन पुगि संबन्ध बिच्छेद गर्न पछि पर्दैनन् । त्यतिले पर्याप्त नहुने देखिएमा महिलाले प्रतिकार गर्दा प्रतिहिंसाको नतिजा दुई मध्ये कसैको संभवत पुरुषकै ज्यान पनि जान सक्दछ ।
संयुक्त राज्य अमेरिकामा सरकारले महिलाहरु पुरुषबाट छुट्टिई अलग भिन्न बस्न सक्ने व्यवस्था अन्तर्गत महिलाहरुकालागी पुनव्र्यवस्थापन केन्द्रहरुको (Rehabilitation Center) स्थापना गरेदेखि पुरुष मृत्यु दरमा २५℅ ले कमी आएको तथ्याङ्कले देखाउँछ ।

­घरेलु हिंसामा प्राण घातक परिस्थितीको पूर्व सँकेतहरु :
घरेलु हिंसा स–साना विषयहरुमा पनि हुन सक्छन् र समय चक्रसंगै यो चर्को झन चर्को हुदै जान सक्छ । त्यसैले हिंसालाई प्रचण्ड हुनबाट जोगाउन केही कुराहरुमा सचेत रहन आवश्यक हुन्छ । जस्तै हत्या गर्ने वा आत्महत्या गर्नेहरुले कतिपय उदाहरणहरुमा पहिले देखि धम्की दिने वा ठट्टा गरी भन्ने गरेको पाइएको छ । त्यस्ता धम्कीवाजहरु खतरा सावित हुन सक्छन् । घरमा वा हतियारको नजिक पहुच छ भने त्यसको दुरुपयोग हुन सक्छ । इष्र्या, निराशा, लागु औषध र मदिराको दुव्र्यसन आदीको अत्यधिक प्रभाव प्राण घातक परिस्थिती निम्त्याउनमा अग्रणी हुन्छन् ।
महिला र पुरुषको सम्बन्ध जुनसुकै कारण होस जब अन्त्य हुन्छ त्यस्ता अवस्थामा महिला प्रति प्राणघातक हमला हुन सक्ने सम्भावना एक्कासी सातगुणा बढि हुन्छ । लोग्ने स्वास्नीको मर्यादा बाहिर रहँदा पनि महिलाको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार कुण्ठित हुन जान्छ । महिलाले स्वास्नीको हैसियतबाट मुक्त हुँदा समेत अझबढि खतराको सामना गर्नु पर्ने विडम्वानापुर्ण स्थिति रहन्छ४ ।

अप्रिय घटनाको सिर्जना हुन सक्ने अवस्थामा गर्नु पर्ने सुरक्षाका उपायहरु :
यदि झगडा वा वादविवाद चर्कै हुने जस्तो देखिन्छ भने कोठाभित्रबाट सजिलै निस्कन सक्ने र हात हतियारको पहुँच नहुने ठाउँमा बस्नु पर्दछ । सकिन्छ भने भाग्न उम्कन मुश्किल नपर्ने झ्याल ढोका भर्याङको पूर्व पहिचान वा बन्दोबस्त मिलाई राख्नु पर्दछ । खाफुलाई चाहिने मद्दत लिन पायक पर्ने वा मद्दत दिने व्यक्ति अथवा कार्यालय छेउछाउ रहनु र भावी खतराको संकेत प्रहरीलाई सुचित गर्नु बुद्धिमानी ठहरन्छ । आप्mना छिमेकी ईष्ट मित्र नातागोताहरुलाई झगडाको कारण बताई समस्या सुल्झाउनमा रहयोग माग गर्न सकिन्छ । आप्m स्वयंले गुहार माग्न नसक्ने अवस्थामा घरमा केटाकेटीहरुले वा कामदारहरुले कसलाई कसरी कहाँ कुन तरिकाले मद्दत माग्ने पहिल्यै सिकाई राख्नु पर्दछ । घर छाड्न विवश र लाचार हुनु पर्दा महिलाले शरण लिन पाउँने ठाउँको ठेगाना निधो गर्नु पर्दछ र उप्रान्तका हुन सक्ने अरु समस्या र विवादहरु झेल्न आर्थिक स्थिति र मानसिकता दृढ बनाउनुका साथै आत्म संयम एवं विवेकले काम लिनु पर्दछ५ ।

घरेलु हिंसा रोकथामकालागि सरोकार पक्षहरु :
राज्य व्यवस्था सरकार र देशको कानुनले पनि महिलालाई सर्वोपरि महत्व दिएको छ । तद्नुरुप देशको विद्यमान कानुन पनि महिलाको हक हितकालागि प्राथमिकताको पक्षधर रहेको छ । अन्तर्राष्ट्रिय तहबाट महिला प्रतिको दुव्र्यहार तिरष्कृत भएका छन् । श्री ५ को सरकारको सुशासनको परिकल्पना अनुरुप नेपाल प्रहरीले समाजमा शान्ती सुरक्षा प्रभावकारी बनाउन हर संभव प्रयासहरु गरि आएको परिदृष्यहरु हाम्रा सामु छन् । महिला तथा चेलीबेटी वेच विखन एवं यौन शोषणको रोकथामको उद्देश्य निहित कार्यक्रमहरु गोष्ठि कार्यशाला बेला बखतमा हुनु सकारात्मक पक्षहरु हुन् ।  अधिराज्यका विभिन्न जिल्लाहरु विशेष गरि देहव्यापार सम्बन्धि वा शारीरिक यातना विषयगत प्रकोप प्रभावित क्षेत्रहरुमा जिल्लाको सदरमुकाम जस्ता अधिकाधिक जन सम्पर्क हुने थलोहरुको छनौट गरी विदेशी दातृ राष्ट्रहरु जस्तै बेलाएतको म्ँक्ष्म् र ग्ल्म्ए को आर्थिक अनुदान सहायतामा संयूक्त रुपमा संचालित आवधिक परियोजना अन्तरगतका क्रियाकलापहरु सराहनिय छन् । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयहरुमा महिला सम्बन्धि मुद्धा मामिला हेर्न छुट्टै महिला कक्ष ९ऋभ्ीी० को स्थानमा गरिनु अवश्यै पनि यस दिशातर्फ प्रगतिको लक्षण मान्नु पर्दछ । जि.प्र.का. बाँकेको महिला विरुद्धको अपराध रेखदेख शाखाकी प्रमुख प्रहरी सहायक निरीक्षक श्रीमती शशी शर्माको भनाई अनुसार सबैखाले मुद्दा अदालत मात्रै लैजाने गरेको नभएर कतिपय सामाजिक र व्यवहारिकता अनुकुल मिल्न सक्नेहरुलाई तद्अनुरुप सल्टाइन्छ ।
अर्को तिर माईती नेपाल र साथी जस्ता सशक्त क्रियाशिल गैर सरकारी सेवा प्रेरित सामाजिक संस्थाहरुको अस्तित्वले पनि थप बल प्रदान गरेको छ । साथी नेपाल तथा संचारिका समुहका महासचिव तथा अध्यक्ष बन्दना राणाका अनुसार जानकारीमा आए जति सबै मुद्दाहरु मात्र ब्यवहरीकता र सामाजिक मर्यादाको नाममा सल्टाउने प्रक्रियामा सिमित नरही आवश्यक पर्ने र नगरी नहुनेहरुलाई प्रहरी र न्यायालय सम्म पनि पु¥याउन पिडीत पक्षलाई परामर्श दिन नहिचकीचाउने बताउनुहुन्छ ।
त्यसैगरी ब्द्यऋ नेपालका अध्यक्ष दुर्गा घिमिरे पनि कानूनि परामर्श उपलब्ध समेत गराउँदै आएको कुरा उजागर गर्नु हुन्छ । उपरोक्त संस्थाहरुद्धारा घरेलु हिंसाका पिडितहरुकालागी पुनस्र्थापन र बित्तिय सहयोग तथा शीपमुलक तालीम अधिराज्यका बिभिन्न स्थानहरुमा व्यवस्था भएको थप उहाँहरु बताउनुहुन्छ । माईती नेपाल, नेपालगँज शाखाका संयोजक देवमल सुनार उपरोक्त अन्य सेवाका अतिरिक्त जनचेतनामूलक कार्यक्रमहरु बिभिन्न संघ, संस्था, विद्यालय तथा प्रहरीको सहयोगमा संचालन गर्ने गरेको कुरा बताउनुहुन्छ ।
उपसंहार :
घरेलु हिंसा गर्ने जो कोहीलाई कानुनको दायरा भित्र ल्याउनु पर्दछ र हिंसात्मक क्रियाकलापलाई समाजबाटै हतोत्साहित गरिनु पर्दछ । अपराध गर्नु भन्दा अपराध सहनु झन ठुलो अपराध हो । अपराध सहेर बसि दिनाले अपराधीलाई अझ हौसला मिल्न जान्छ त्यसैले त्यसको निवारण तर्फ बिचार पुराउनु पर्दछ । देशको बिभिन्न जिल्लाहरु जस्तै झापा, सप्तरी र अन्य अरुहरुमा आमा समूहको गठनले जन जागरण ल्याउने खाल्का चेतनामुलक कार्यक्रमहरुको संचालनहरुले पनि ठूलै महत्व राख्दछ । समय, परिस्थीति र माटो सुहाँउदो सुधारहरु नेपाली समाजमा पनि परिलक्षित भएका छन् । धर्मान्धता र रुढिबादीको जकडन विस्तार खकुलो हुन लागेको सबै तिरबाट स्वागत योग्य मानिदै आएको परिप्रेक्ष्यमा कानुनी अधिकारमा समेत उदारिकरण र लचकता देखिनुलाई सहि अर्थमा प्रजातन्त्र र प्रगती उन्मुख कदमको रुपमा लिन सकिन्छ । शिक्षा, संस्कृती, राजनीति जस्ता विविध बहु आयामिक क्षेत्रहरुमा महिला सहभागिता उत्साहप्रद छन् । तथापि संन्तुष्टि लिनु पर्ने समय र ठाउँ अझ टाढै रहेको छ । महिलाको हक अधिकार र यौन शोषण रोकथामकालागि हुने गरेका अंगहरुलाई नौलो जनमुखी कार्यक्रमहरुको प्रस्ताब अगाडी ल्याउनुमा प्रोत्साहित गरिनु पर्दछ । घरेलु हिंसाका घटनाहरुले हाम्रो शान्ती  र विकासको वातावरण के श्रृजनशिल बन्न सक्लान् ? यसको निर्मुलीकरण सम्भव नभए पनि न्युनिकरण अवश्य गर्न सकिन्छ । आवश्यक छ त मात्र दृढ कतिबद्धता र प्रतिवद्धताको ।


प्रशिक्षार्थि पत्रकार
(नेपालगन्ज २०५६)

  References:

१. साथी नेपाल र मिनेसोटा एडभोकेटस फर ह्यूमन राइटस यू एस ए को संयुक्त सयोजकत्वमा ओरिएण्टेसन अन इशु पुलिस रेसपोन्स टुवर्डस डोमेस्टिक भायोलेन्स    (०५७ कार्तिक २४ गते राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंज)
२. डोमेस्टिक भायाृलेन्स एगेन्सट ए ग्लोबल इशु, पोला क्यान्टर, सेन्टर फर इन्टरनेशनल स्टडिज, युनिभर्सिटी अफ नर्थ क्यारोलाइना
३. द न्याशनल क्लियरिङ्ग हाउस अन फ्यामिली भायोलेन्स
४. साथी नेपाल र सिनजेसो्टा एडभोकेटस फर ह्यूमन राईटस यू एस ए संयूक्त संयोजकत्वमा अन इशु अफ पुलिस रेसपोन्स टुवर्डस डोमेस्कि भायोलेन्स (०५७ कार्तिक २४ गते राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंज)
५. मिनेसोटा एडभोकेटस फर ह्यूमन राइट्स यू एस ए

प्रकृतीकी धनी सल्यान जिल्ला Np

प्रकृतीकी धनी सल्यान जिल्ला


नेपालको मध्य पश्चिम क्षेत्र अन्तर्गत राप्ती अंचलको पहाडी जिल्ला सल्यान विविध हावापानी तथा भौगोलिक बनोटको रहेको छ । यो जिल्ला कृषि उत्पादकत्व, धार्मिक एवं ऐतिहासिक महत्वको स्थलहरु र प्राकृतिक संपदाका दृष्टिकोणले अति सम्पन्न मानिन्छ । चारैतिरबाट बाँके, बर्दिया, सुर्खेत, रोल्पा, रुकुम, जाजरकोट र दाङ गरी ६ जिल्लाले घेरिएको भुपरिबेष्टित जिल्ला सल्यानको आफ्नै इतिहास छ । फलाबाङ्ग गा.वि.स. स्थित सल्यानी राजाको पुतली दरबार अहिलेको अवस्थामा जिर्ण भएर कति खेर स्याहार संभारको मर्मत पाउने हो संरक्षणको प्रतिक्षामा देखिन्छ भने धार्मिक स्थलहरुमा खैराबाङको पवित्र तपोभुमि भगवती भुवनेश्वरी मन्दिर, सतीदेवीको पिठ पतन भएका स्थलहरु छायाक्षेत्र र लक्ष्मीपुर, मखलाको सिद्ध गुफा, रामपुर कालिमाटीको माई मन्दिर, देव स्थलको राधाकृष्ण मन्दिर र सितलपाटीको शिव मन्दिर रहेका छन् ।
      प्रकृतीको सौन्दर्यले सजिएकी सल्यानको कञ्चनपानीको कलस आकारको कुपिण्डे दह (२ कि.मी.८ मिटर क्षेत्रफलमा) जस्तो मनोरम ताल जिल्ला भित्रको सल्लाको हरियाली जंगल र यहांबाट देख्न सकिने सिस्ने हिमाल र धवलागिरी रेन्जको मनोहरी दृश्य चित्र आकर्षक छन् ।
      पर्यटन उद्योगको प्रवल संभाव्यता भएको बारे सल्यान खलंगा निवासी उत्तम हमाल भन्नुहुन्छ सडक यातायातको सुधार मात्र पनि हुन सकेको खण्डमा बिदेशी पर्यटकहरु सहजै यस जिल्लाका पहुना हुने छन् । हाल बिद्यमान दाङ तुल्सीपुरबाट सल्यान सदरमुकाम खलंगा ६५ किलोमिटर कच्ची सडक ग्राभेल हुने आशामा छ । यसरी स्वदेशी श्रदालु भक्तजनहरुको घुंईचो पनि लाग्न सक्दछ । यहांका बासिन्दाहरुले पथ प्रदर्शक, होटल, कृषि उल्पादन बन पैदावार, व्यापार आदीको व्यबस्थालाई व्यबसायिकरण गरी आर्थिक स्तरमा सुधार ल्याउन सक्नेछन् । त्यसै गरी प्राकृतिक खनिज सम्पदाको भण्डार यस जिल्लाको धनबाङ र काभ्रा गा.वि.स.लगायत बिभिन्न स्थानहरुमा राम्रो गुणस्तरको कोइलाखानी पाईएका छन् र ती स्थानहरुमा कोइला उत्खनन् कार्य भईरहेको छ ।
      सिमेन्ट उत्पादन गर्नका लागी चुन ढुंगा अर्थात क्यालसियम कार्बोनेट अति महत्वपूर्ण र अनिवार्य कच्चा पदार्थ हो । यस जिल्लाको कजेरी गा.वि.स. अन्र्तगत पर्ने खामे लेक र नजिकको क्षेत्रमा अत्यन्त उच्च गुणस्तरको नेपाल नै सर्बोत्कृष्ट भनि संर्दधित बिशेषलहरको राय भएको चुन ढंगा निरंतर ६५ वर्ण सम्मकालागि पर्याप्त हुने ठुलो श्रोत फेला परेकोले सिमेन्ट कारखाना स्थापनाको संभाव्यता अध्ययन गर्न खानी तथा भु–गर्भ बिभागबाट प्रारंभिक सर्भेक्षण कार्य समेत सम्पन्न भै सकेको छ ।
      यस जिल्लालाई प्रकृतीको अर्को बरदान भनेको सुन्तला र बिशेष गरी अदुवा उत्पादन हो । अन्यत्र पाइने अदुवा भन्दा भिन्नै किसिमको सुवाषिलो रेशा नहुने अदुवा यस जिल्लाको मालनेटा गा.वि.स.को केही क्षेत्र भित्र मात्र सिमित रहेको छ । त्यै अदुवा अन्त लगाउदा त्यै मिठास फेरी त्यसमा नपाइनुले सल्यानको अदुवा वास्तवमा उल्लेखनीय हुन आउछ ।
      काभ्रे जिल्लामा जन्मनु भएका उद्धव प्रसाद पोखेल यस्तै यस्तै कारणहरुले आफू यस जिल्लामा स्थायी बसोबास गर्न पुग्नु भएको भनि बताउछन् । श्री ५ को सरकार र दातृ संस्थाहरुले सहयोग गरी दिएमा सल्यान जनताको आर्थिक अवस्था निकै सुदृढ हुने कुरा पोख्रेल अगाडी थप्छन् । चलचित्र छायाङ्कन गर्न मिल्ने सुन्दर रमणीय स्थलहरु भएको सल्यानले साच्चै नै जो कोहीलाई मोहित तुल्याउछ ।

प्रशिक्षार्थि पत्रकार
(२०५६ फाल्गुण)

नेपालगंजको टांगा Np

नेपालगंजको टांगा


कट्रक कट्रकको लयबद्ध आवाजले जो कसैको ध्यान सहजै आकर्षित गर्दछ । अपवाद बाहेक यस प्रकारको शब्दध्वनी केहीलाई कर्णप्रिय हुन्छ भन्दा शायद अत्युक्ति नहोला । यो आवाज घोडा दौउदा सुनिने टापको हो । भनिन्छ मानिस पछि अर्को बुद्धिमान चेतनशिल प्राणीहरुमा घोडा पनि पर्दछ । पौराणिक कालदेखि घोडा देवता, दानव र मानवको सेवामा रहि आएको छ । घोडाको स्वामीभक्ति र परिश्रमले किर्तिमान खडा गरेका छन् । आजको २१ औं शताब्दिमा पनि हामी घोडाको सेवा लिन पछि परेका छैनौ र मानव जातीको अस्तित्व छउन्जेल सम्म घोडाको उपयोगिता रही रहने कुरामा शंका लिनु पर्ने ठाउँ पनि देखिन्न ।
      यहाँ प्रसंग घोडासँग सम्बन्धित बिषय बस्तुलाई लिएर टाँगाको छ । टाँगा शब्द अंग्रेजि (Tonga)बाट आएको भए पनि नेपाली शब्दावलीमा ईक्का/एक्का भन्ने गरेको पाईन्छ । शाही तथा राजकिय परिबेशमा सिमित रशेको बग्गी कालान्तरमा सर्बसाधारणा जनता बिच आई पुगेको छ । खान्दानी तथा जमिन्दारी परिवारको प्रतिष्ठाको सुचक रहेको घोडागाडी अहिलेको एक्काको रुपमा परिणत भएको छ । एउटा घोडाले दुई पाँग्रा सवारी तान्ने साधनलाई टाँगा वा एक्का भनिन्छ । यी दुईमा खासै कुनै भिन्नता हुदैन । सवार हुने यात्रु बस्नका लागि सिटको किसिमले टाँगा र एक्का छुट्याउँछ । 
नेपाली भुमिमा घोडाकमो प्रयोग परापूर्वकाल देखि चली आएकोमा एक्काको प्रचलन कहिले कसको पालादेखि शुरु धएको यकिन भन्न सकिने अवस्था छेन । नेपाल(भारत सिमावर्ती क्षेत्रको शहरी बाताबरण भएका नेपालगंज, बिरगंज र राजापुर जस्ता केही स्थानहरुमा यसको परिचालन भए गरेको पाइन्छ । भारतमा मुसलमान मुगल साम्राज्यको बिभिन्न राज्यहरुमा नवाब हुने गर्दथे । त्यस्तै नवाबी गढको प्रसिद्धि भएको लखनउबाटै एक्काले नेपाल प्रबेश पाएको हुन सक्ने सबै भन्दा निजकको तर्कलाई इन्कार गर्न सकिन्न ।
     नेपालगंज नगरपालिका भित्र हाल पुग नपुग ६ सय टांगा छन् भने टांगा पार्क बिच शहरको धम्बोजी चोकमा बीस देखि पच्चीस र त्रिभुवन चोक स्थित पार्कमा सय देखि डेढ सय सम्म मात्र टांगा पार्क गर्न सकिने कुरा एक्का टांगा चालकसंघका सभापति महम्मद नसीम सैयद बताउछन् । एक पटकमा आठ जना यात्रु सहित नेपालगजंबाट भारतीय बजार रुपैडिहा ७ कि.मि.को दुरी जनही रु ८।– को भाडा दर रिक्सा भन्दा सस्तो र सुलभ मानिन्छ । रिक्सामा रु.२५ ।– पर्ने र अटो रिक्सा(टेम्पो) मा रु. ५।– ले दुई कि.मि.वरै नेपाल सिमाना सम्म मात्र पु¥याईने हुंदा यस इलाकामा एक्का कै लोकप्रियता छ भन्नु करै लाग्छ । यस्तो सस्तो सवारीले धेरै नेपालीको रोजगारी आवश्यकता पूर्ति गरिरहेको छ । तर रिक्सा र अटो रिक्साले आफ्नो प्रतिस्पर्धा गर्दा यो पेशाकाहरु चिंत्तित रहेको भनि सभापती अरु थप्छन् ।
हाल सम्म टांगा एक्का सवारी चालक अनुमती पत्र बितरण भएको संख्या ९११ पुगेको आंकडा दोत्रिय प्रहरी इकाई कार्यालय भेरीका सवारी शाखाका अधिकृत बिकास शाह बताउछन् । नेपाली नागरिकता भएकाहरुलाई मात्र यस्ता अनुमती पत्र बितरण गरिएको भनि उहां अगाडी भन्नुहुन्छ । नेपालगजंका टाँगाहरु नगरपालिका वितरीत दर्ता नं.का रहेका छन । भारतीय टाँगाहरु नेपाल प्रवेश कुनै बिशेष उत्सव अथवा बिवाहको अवसरमा मात्र अन्यथा नपाईने तर नेपाली टाँगाहरु पारी पट्टी भारतीय क्षेत्रमा भित्र १५÷१६ कि.मी.सम्म जान पाईने कुरा २५ बर्षिय टाँगा चालक मोहर अली बताउछन । दैनिक एक पटक र बढिमा दुई पटक नेपालगंज–रुपडीया ओहोर दोहोर गरी घोडाको खुराक रु.६० देखी ८० सम्म पर्ने रकम र टाँगा पार्क एवं जिल्ला बिकाश समितीको सडक शुल्क वापत रु.२ का दरले खर्च कटाउदा रु.५० देखी ६० को सरदर कमाई हुने कुरा चालक मोहर प्रष्ट पार्छन् । घोडा र टाँगा भारतीय बजारमा खरीद गर्दा नेपाली रुपैयाँ २५ हजार जतिपर्ने र लगानी अनुपातमा आम्दानी थोरै हुने गरेकोले दिन दिनै बढ्दो महगीका कारण टाँगा र एकका पेशेवरहरुलाई आर्थिक कठिनाईले बिस्तार बिस्तार झन झन च्याप्दै ल्याएको भनी आफ्नो अनुभव पनी पोख्छन् चालक मोहर ।
      टाँगाको सवारीमा नगरेको सयर गर्दा छुट्टै रमाइलो हुन्छ । अझ कतिपय टाँगाहरुमा शौखिन टाँगा चालकहरु यात्रुहरुलाई आकर्षण गर्न र यात्रा अवधिभर मनोरञ्जन प्रदान गर्न हिन्दी फिल्मी गितहरु क्यासेटमा घन्काउछन । यसले टाँगाको रौनक झन बढाईदिन्छ भने केही टाँगा चालकहरु आफ्ना घोडालाई फुलका माला, शिरमा रङ्गीबिरङ्गी प्वाख, गलामा घुंघरु आदी लगाईदिएर साच्चै कुनै झाँकी हो की भन्ने भान दिन्छन् । यस्ता बिशेषता नेपालगंजको टाँगामा पाईन्छ । अन्य सवारीहरुमा जसरी कोच्चीएर बस्नुपर्ने, धुलो, धुवाँ, हल्ला र निरश वातावरणमा चुपचाप गुम्सीएर यात्रा गर्नु भन्दा टक् टक् गर्ने टमटम(टाँगा) कै सवारी आनन्ददायी हुन्छ । नेपालगंजको टाँगाको सवरीको आनन्द लिनु पनि स्मरणिय नै हुन्छ ।


प्रशिक्षार्थि पत्रकार
(२०५६ फाल्गुण १६)