हाइटीमा नारीवाद
न्याय नपाए गोर्खा जानु
भन्ने नेपाली उखान जस्तै वास्तविक प्रजातन्त्र र खुला समाजवाद हेर्न शायद हामी
मध्ये धेरैको अमेरिका, भारत वा युरोपेली मुलुक हेर्नु भन्ने धारणा
रहेको हुन सक्दछ । ति मुलुकहरु भन्दा भिन्नै अस्तित्वमा रहेको, चर्चामा नआएको
तथा छिमेकीहरुको विकाशको नजारा हेरी संतुष्टि लिने मुलुक हो हाइटी । नारी
स्वतन्त्रता र हक हितका ज्वलन्त
विषयहरुमा ति देशहरु अवश्य पछि छैनन् तर आर्थिक, सामाजिक एवं राजीनितिक आदि कारणहरुले पश्चिमी गोलाद्र्धमै सर्वाधिक गरिब राष्ट्र बन्न
पुगेको हाइटीको रोचकता कम चाख लाग्दो छैन । त्यहाँको सामाजिक परिपाटी मात्र नभएर भौगौलिक बनौट र प्राकृतिक
विशेषता पनि साच्चिकै हेर्नलायक छन् ।
हाइटी क्यारेबियन सागरमा अवस्थित एक
द्विप भएको हुनाले समग्रमा औसत तापक्रम २४ देखि २८ ड्ढऋ रहने त्यस मुलुकमा
जाडो याम छैन । फलस्वरुप बाह्रै महिना समुद्री आद्र्रताको गर्मी त कतै वर्षमा दुई
बर्षा मौसम हुनाले केरा र आँप अटुट
रुपमा पैदावर हुने र नरीवलका रुखहरु तथा केराका बोटहरु डाँडाका अग्लो भुभागमा
मौलाएको देख्दा आश्चर्य मिश्रित
रमाइलो लाग्दछ । सुन्तला जातका फलफूलहरु प्रशस्तै पाइने र हिमाली चीसो हावापानीमा हुर्कने धूपीसल्लोका रुखहरु त्यस्तो गर्मी
ठाँउमा सप्रेको देख्न पाउदा खुशी लाग्नुका साथै अचम्मित पनि तुल्याउछ । दिगाो शान्ती र टिकाउ सरकारको अनुपस्थितीमा
राष्ट्रिय वा क्षेत्रीय निकुन्ज प्रकृितका कुनै आरक्ष नहुनाले तिव्र जनसंखया वृद्धि तथा वन विनाशले वन्य जीव जन्तु
संकटमा छन् । जंगली बनेल, जंगली हाँस,
लौकाट प्रजाती लोप भै सकेका छन् ।
यस प्रकार सामाजिक परिवेशका कुराहरु
उल्लेख गर्दा त्यस ठाँउको ऐतिहासिक पृष्ठभूमि र धार्मिक संस्कृति प्रति चासो हुनु
सामान्य हुन्छ । फ्रान्सेली, अफ्रिकी, स्पेनेली र मूल निवासीहरुको मिश्रित उदारवादमा
विश्वास गर्ने सांस्कृतिक झलक
वत्र्तमान हाइटीमा देख्न पाइन्छ । कुरो धेरै पुरानो पनि होइन जब हाइटीका अफ्रिकी
मूलका जनता १६औ शताब्दीको मध्य
तिर फ्रान्सेली उपनिवेश अन्र्तगत शासित हुन्छन् । उनीहरु बहुसंख्यकको धर्म
क्रिश्चीयन, भाषा र रहन सहन
फ्रान्सेली निकट हुन जान्छ तथा उदारवादमा विश्वास गर्छन् । रमाइलो पक्ष त हाइटीका
जनताले फ्रान्सेली शासनबाट ईसवी संवत् १८०४ सालमा स्वतन्त्र हुँदा फ्रान्सेली
राष्ट्रिय झण्डाको सेतो रंग हटाएर आफनो मौलिक छवि समेतको बनाए । कालान्तरमा
अमेरिकाबाट ईसवी संवत् १८६३ सालमा दास प्रथा उन्मूलन हुँदा त्यहाँ रहेका काला
जातिका केही हाइटीमा थपिन पुग्दछन् ।
पितृ सत्तात्मक संस्कार र अभ्यासमा
हुर्केका हामीलाई हाइटीको मातृ सत्तात्मक सामाजिक संरचना देख्दा, अन्तर्मनको चाहनाका बावजुद बदल्न नसकेका कतिपय
अबैज्ञानिक परंपरागत थितिहरुले थिचिएर बिचरो बनेका हामी त्यहाँको जस्तो उदार चित्तवृत्ति हाम्रो देशको
परिप्रेक्ष्यमा भै दिएको भए कति जाती हुने थिए होला भनि शायद आत्मरति गथ्र्यौ होला भन्न सकिन्न । यहाँ उल्लेखित
दृष्टान्त मात्र एक अभ्यासको सराहना गरेको निजी ध।रणा हो ।
परिवारमा नवजात शिशुको नामाकरण आमाको
नामबाट हुनु र समाजमा आफ्नो पहिचान आमाको परिचय श्र्रोत हुनु निसन्देह अनुकरण्ीाय र प्रशंसनीय पक्ष हुन् ।
यद्दपि यहाँ महिलाको अधिकार र मर्यादाको पृष्ठपोषणका कुराहरु मनग्गे हुने गर्दछन् तापनि बेला बखतमा महिला वर्गले
छाडापन र उन्मादी शैली अपनाएको आरोपयुक्त लान्छना बेहोर्नु
पर्ने स्थिती तथा आदर्शवादीको खोल ओढन् रुचाउनेहरुको आँखाको छारो जत्तिकै बिझाउने
परिदृष्यमा हाइटीको त्यस किसिमको
उदारवाद एवं स्वमुक्त चाहनाको प्रवृत्ति सही अर्थमा सबैले बुझ्नै पर्ने हुन्छ ।
समाजशास्त्रमा मानिस जन्मदै
स्वतन्त्र र स्वछन्द हुन्छ त भनिन्छ तर सामाजिक बन्धन र रीतिथिति आदिले बाँधिएको
हुन्छ ।
कुनै उपन्यासमा कथाकारको आदर्शको आडम्बर
झल्काउने खाल्को कथावस्तु जस्तो नभएर वास्तविकताको धरातल एवं नितान्त व्यवहारीक जीवनयापनमा आधारीत हाइटीको
मातृ सत्तात्मक समाजमा युवा युवती एक आपसमा प्रेम
गर्नु वा मित्रता गर्नुलाई अनैतिक मान्दैनन् । विपरीत लिंगीहरुको एक आपसमा समझदारी
तथा मितेरी व्यवहार गर्नुलाई
अन्ततगोत्वा वैवाहिक नातामा रुपान्तरित हुनु पर्छ भन्ने कसैको एक रत्तीभर सोंच
हुदैन । प्रेमी युगलको
प्रणयसुत्रमा बाँधिनु सन्दर्भमा अन्तिम निर्णय स्वयं महिलाको हुने गर्दछ । अर्थात
महिलाले स्विकृती दिनु वा नदिनु विषयको
अग्राधिकार महिला आफैमा सुरक्षित हुन्छ । हिन्दी चलचित्रहरुमा पितृ सत्तात्मक
समाजमा पुरुषले नारी अस्मिताको खेलवाड
गदै बिहे गर्ने झुठो आश्वासनमा महिलालाई शोषण गरी अन्तिम घडीमा बिचल्लीमा पार्ने यदाकदा हुने सामाजिक विसङ्ंगतिलाई कथावस्तुको
माध्यमद्वारा अनावरण गरे विपरीत हाइटीमा महिलाले कुनै पुरुषलाई विवाहित जीवनसाथीको रुपमा स्विकार्न आमा बनि
सक्दाको अवस्थामा पनि श्रीमान्को आवश्यकता अपरिहार्य ठानेको
हुदैंन् । हाइटीका आमाहरु विवाहिता वा अविवाहिता हुनुूमा तात्विक फरक पर्दैन ।
यस्ता मामिलामा उनीहरु न
तिरस्कृत हुन्छन् न लाचार । बिहाबारी संगै
घरजम गर्नै विश्वव्यापी मानवीय शाश्वत नियमका अतिरिक्त घरजम गर्दै फुर्सदमा इच्छा भए मात्र विवाह गर्नै
अन्यथा एउटै घर परिवारमा संगै एक अर्काको दुस्ख सुख साझा गरि जीवन निर्वाह गर्दै भएका सन्तानोत्पत्तिका बाबजुद
पनि महिलाले श्रीमती बन्नै पर्ने बाध्यकारी सामाजिक रीति छैन । बिहे पछि बिलौना गर्दै सम्बन्ध बिच्छेद गर्नु
भन्दा बिहे अघि सबै देखेर, भोगेर संतोष लिएर
ढुक्क भै सके पछि बल्ल बिहे गर्ने वा
सजिलो तरिकाले कुनै झमेलामा नपरि त्यो घर छाडी अझ राम्रो अर्कै श्रीमान्को चाहना
गर्ने त्यो छृट महिलालाई हुन्छ
। चार पाँच सन्तानका कारक भै सक्दा पनि जन्मदाताहरुको बिहे अझै हुन गर्न बाँकी नै रहेका प्रसंगहरु भेटिंदा अचम्मकै अनौठो लाग्दछ
।
त्यसैले हाइटीको समाजमा बिना बाबुका
बच्चाहरु धेरै मात्र नभएर प्रशस्तेै भेटिन्छन । तिनीहरुलाई रुढिवादी संस्कृतीमा हुर्किनु जस्तो पिडादायी अवहेलना र
कटु वचन खेप्नु पर्दैन किन कि उनीहरुको आमाको स्थान समाजमा अन्य सामान्य नागरिकको भन्दा अलग हुदैंन । उनीहरुसंग आमाको
परिचय हुन्छ र त्यसैको आधारमा आफ्नो कसैको भन्दा कम नभएको
गर्विलो पहिचान ।
२०७१ फागुन २०
डा.कृष्ण कुमार तामाङ
(लेखक संयुक्त राष्ट्र
संघको शान्ति स्थापनार्थ मिशन मिनुस्ताह प्रधान कार्यालयमा सन्
२००५मा टेक्निकल अडभाइजर हुनुहुन्थ्यो ।)
प्रकाशन : नारी दिवसको सन्दर्भमा
राजधानी लोकप्रिय राष्टिय
दैनिक
वर्ष १४, अंक २६८, काठमाडौ
आइतबार २४ फागुन
२०७१