Tuesday, November 10, 2015

सुरक्षा फौजमा तनाव व्यवस्थापन Np

सुरक्षा फौजमा तनाव व्यवस्थापन
डा.कृष्ण कुमार तामाङ

समाजशास्त्रमा मानिसलाई सामाजिक प्राणी भनिएको छ । प्रत्येक मानिसको अन्तर्निहित गुण र दोष अरुको भन्दा भिन्न हुन्छ । कार्यशैली, दक्षता, जीवनस्तर, सामाजिक मान्यता आदि विविध कारकहरुले मस्तिष्क क्षमताको सीमा व्यक्तिगत किसिमले निर्धारित भएकोे हुन्छ । एउटै परिस्थितिमा धेरै्र मानिसहरु बीच फरक प्रकृतिका प्रतिक्रिया देखिनाले सबै मानिसको दृष्टिकोण र सहनशिलताको स्तर एकै नासको नहुने ध्रुब सत्य हो । सुरक्षा निकायका मानिसहरुको कार्य प्रकृति, समय, अनुशासन, शारीरिक श्रम, खानपान र दिनचर्या कृषि, व्यवसाय, उद्योग जस्ता यावत पेशा अपनाएकाहरु भन्दा थोरै फरक ढंगको हुन्छ भन्दा अतिशयोक्ति हुदैंन ।
      इस्वी संवत् २००३ देखि २०११ सम्म भएको इराक युद्घमा २५ प्रतिशत अमेरीकी फौजका सिपाही तनावका कारण मानसिक विरामी भएको तथ्याङ्क रहेको छ । युद्घरत फौजको मानसिक तनाव बढ्नुमा आफ्ना प्रियजनको पारिवारिक चिन्ता पनि एउटा महत्वपुर्ण कारण हुन्छ । मानसिक तनाव हुनुका पछाडि मुख्य कारण असुरक्षा, अनिश्चितता, अनिन्द्रा र असन्तोष पर्छन् । नेपालमा विगतमा भएका सश्स्त्र द्वन्द्वताका सुरक्षा फौजका घर परिवारहरुको अपहरण, हत्या तथा घर निकाला गरेर डेराबाट समेत घरपतीहरुले निष्कासन गरेका र निजी घर लगायत फर्निचर, व्यारेक जस्ता  सुरक्षित ठानिएका संरचनाहरु बम विष्फोटमा नष्ट गरिएका त्रासदीपूर्ण घटनाहरुले १९ प्रतिशत सुरक्षा फौजमा मनोबल गिराउने कार्य गरेको अनमान गरिएको छ । वि.सं.२०५२मा सशस्त्रद्वन्द्व चर्केको अवस्थामा नेपालको सुरक्षा फौजको ५० प्रतिशत तिव्र मानसिक दबावमा परेको तथ्य एमनेष्टि इन्टरनेसनलले सार्वजनिक गरेको थियो ।
      दश वर्षमा बढे मानसिक रोगीको संख्या शिर्षकमा काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय पाक्षिक अखबारले २०६९ असोज १५ गते तेस्रो अंकमा तथ्याङ्क प्रस्तुत गरेको छ । सन् २००१ मा मानसिक रोगीको संख्या १२ हजारबाट बढेर सन् २०१० सम्म ३६ हजार दर्शाइएको छ । मानिसमा लाग्ने १० रोग मध्ये मानसिक स्वास्थ्य सँग सम्बन्धित ४ रहेका छन् । त्यसमा डिप्रेसन अर्थात मानसिक तनाव ९० प्रतिशत रहेको बताइन्छ । विश्व स्वास्थ्य संगठनले(WHO) विश्वको लगभग २५ प्रतिशत मानिसहरुमा मानसिक समस्या रहेको बताउने गरेको छ । समूहमा रहने र एकत्रित प्रयास गरिने संगठनहरुमा मनोरोगविद्हरुको आवश्यकता अपरिहार्य हुन्छ । मनोरोग भएकाहरुबाट आफ्नै सहकर्मीको हत्या, आत्महत्या, हिंसा, बलात्कार जस्ता जघन्य अनपेक्षित ठुला दुर्घटना हुन सक्छन् । आम नागरिकको नजरमा चिकित्सा सेवामा नगण्य देखिने सामान्य झैं लाग्ने भयावह रोगको कोटीमा पर्ने मानसिक तनावले सन्तुलन गुमाउने जोखिम बेहोर्नु पर्ने हुन सक्छ । मनोचिकित्सकको आवश्यकता आवासिय भवनको निम्ति प्रकाशको जस्तो तुलनिय हन्छ ।
     २०७२ बैशाख १२, १३ र २९ गते नेपालमा गएको महाविनाशकारी भूकम्पले पु¥याएकोे विनाशलीलाको तथ्याङ्कमा मानसिक तनावको शायदै कुनै लेखाजोखा भएको होला । प्रति पल जसो दिनकै भूइँचालोको पराकम्पनले आम मानिसमा त्रासदि जगाएको थियो । नहोस पनि किन, एक पटक गएको भूकम्प फर्कि फर्कि दोह¥याई तेह¥याई क्षति प्ु¥याउने गरेकोले जोकसैलाई जोखिमको अनिश्चितता र अदृश्य भयले ग्रस्त पारेको थियो । तीन महिनामा तीन सय भन्दा बढी चार रेक्टर माथिका झट्रका बेहोरेका काठमाडौका कलिला बालबालिकादेखि पाका उमेरकाहरुले कति रेक्टरको अनुमान लगाउन सक्ने भएका थिए । धेरै ठाउँहरुमा यति सम्म भयो कि घर परिवारका सदस्यहरु बाहिर पाल÷जस्ताको अस्थायी टहरामा कष्टपूर्ण गुजारा गर्दा समेत कोही दरो मुटु भएकाहरुले घर भित्रै सुत्न छाडेनन् ।
देशभरको भूकम्पपीडित १६ जिल्लाहरुमा सशस्त्र प्रहरी बलको परिचालित २५,९६२ संख्या मध्ये भग्नावशेषबाट खोज तथा उद्धार (CSSR – Collapsed Structure Search & Rescue) तालीम प्राप्त ५,६८७ जनालाई विशेष परिचालन गरिएको हुनाले उक्त संख्यालाई मनोचिकित्सक विशेषज्ञहरुको परामर्श प्रदान गरिएको थियो । प्रकोपपीडित भएर असहज परिस्थितिमा परेकाहरुलाई तनाव हुनु त छदैं छ उद्धारकार्यमा खटेकाहरुलाई समेत रातोदिन त्यसै प्रतिकूल परिवेशमा टिक्न सहज हुदैंन । तसर्थ पुनर्ताजगीका लागि तिनलाई समेत मनोपरामर्शको महत्व र आवश्यकता पर्दछ ।
        सशस्त्र द्वन्द्व भएका मुलुकहरुमा संयुक्त राष्ट्र संघको शान्ति सेनामा कार्यरत सैनिकहरुलाई स्वदेशबाट अनकन्टार टाढा, संचार सम्पर्क हन नसक्ने, खान सुत्न ठेगान नहुने, हरदम गोला बारुदको बीच अनिश्चित लामो समय विद्रो्रहीको आक्रमण र बचावको तर्तिव गर्दा शारीरिक क्लान्ति र मानसिक तनाव हुन सक्दछ । युद्धको जटिल परिस्थितिमा अप्रिय घटनाकोे अनुभवबाट प्राप्त शिक्षाले मनोवैज्ञानिक चिकित्सकिय पद्धतीको विकास गरेको छ । बेलायती सेना जस्ता अन्तर्राष्ट्रिय संगठित फौजको मनस्थिति सदैव फुर्तिलो बनाइ राख्न केही समयको अन्तरालमा अनिवार्य घरबिदा जानु पर्ने अभ्यास रही आएको छ । आफ्ना प्रियजनहरुसंग समय बिताउनाले सुखदुःखका भावना एक आपसमा बाँडिने र उत्साहका उर्जा थपिनाले कार्यक्षेत्रमा एकाग्र हन सक्ने मनोविज्ञानको भूमिका हुन्छ ।   
संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ फिल्ड मिशनहरुमा कास्ट (CAST- Counseling & Support Team) नामको शााखा अन्तर्राष्ट्रिय स्टाफको मानसिक अवस्थामा नकारात्मक अनावश्यक दबाबका कारण समस्या श्रृजना नहोस भनि स्वदेशमा जसरी जोश जाँगरका साथ काम गर्ने वातावरण बनाउन र कार्यक्षेत्रमा कदाचित देखा परेका द्विविधा समयमै निराकरण गर्न सम्बन्धित कर्मचारीको मनोदशा बुझ्रने प्रयास गरिन्छ । कास्ट समुहमा मिशनकै कानून, प्रशाासन, मेडिकल, लेखा तथा प्रवन्ध, भण्डार, संचार र सवारी शाखाका उच्च पदाधिकारीहरु पर्दछन् । मिशनमा असामान्य गतिविधि देखाउने कर्मचारीको पिरमर्का र उसलाई परेको समस्या गोप्य आफुमा सिमीत राखेर सरुवा, बिदा वा कार्य परिवर्तन यथोचित निकासको पहल हुन्छ ।  
         विश्व स्वास्थ्य संगठनको तथ्याङ्कक अनुसार विश्वमा प्रत्येक चालिस सेकेण्डमा एक जना र नेपाल प्रहरीको श्रोत तथ्याङ्कले नेपालमा एक दिनमा एघारजनाले आत्महत्या गर्ने गरेको देखाएको छ(२०७१ फागुन १७) । नेपाल पेडियटर सोसाइटीको जर्नल अनुसार २४% मानिसहरु मानसिक समस्याका कारण आत्महत्या गर्छन् । सैन्य प्रकृतिमा विषम परिस्थितिहरु माझ नआत्तिने, नभाग्ने र जिम्म्ेवारी निर्वाह गर्न सक्ने जन्मजात मानसिक आणुवंशिक भए नभएको परिक्षण गर्ने विधि अन्र्तगत सुषुप्त अवस्थाको जैविय गुणको वाह्य परिक्षणबाट मनोबैज्ञानिक(TO, GTO, IO) अध्ययन गरी अधिकृत तहमा भर्ना लिने परिपाटी तेश्रो विकसित मुलुकहरुमा भए सरह सशस्त्र प्रहरी बलमा स्थापनाकालको प्रारम्भ देखि रही आएको छ । सप्रबलको नियमावलीमा पछिल्लो रासन स्केल परिमार्जनले सुधारको थप निरन्तरता पाएको छ । खानपानको स्तरियताले आत्म सन्तुष्टीको उच्चतामा टेवा पुग्दछ फलतस् आत्मविश्वास, समर्पण र व्यवसायिकतामा चासो जागृत हुन्छ । विश्व चर्चित फ्रान्सेली युद्धप्रेमी नेपोलियन बोनापाटको भनाइमा सिपाहीले युद्ध पेटले लड्छ । वर्तमान परिपे्रक्ष्यमा यो उत्प्रेरणाको असल उदाहरण हो । अपितु तनाव र तत् सम्वन्धि व्यवस्थापन गवेषणाका विषय हुन् । 
        समष्टिमा सशस्त्र प्रहरी बलले व्यवसायिक क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता र मापदण्डको परिपालना गर्दै आएको विद्यमान परिदृश्य रहेको छ ।


प्रकाशित :


सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी दिवस विशेषाङ्क
२०७२ कार्तिक २३ गते