डा. कृष्ण कुमार तामाङ
सनातन धर्मका आराध्य देब पशुपतिनाथ संग जोडिएको प्रसंगहरुमा बौद्ध र हिन्दुहरुको शास्त्रिय धार्मिक पुस्तकहरुमा नामाकरणको विविधता भएता पनि प्रकृती र धर्मको संरक्षक भगवान शिवजीलाई भोलेनाथ, महादेव तथा बौद्ध धर्माबलम्बिीहरुबाट गुरु बज्र आदि बहुनामबाट सम्बोधन गरेको पाइन्छ । नेपालको बौद्ध धर्माबलम्बीहरुमा पनि गोसाइकुण्ड प्रति धार्मिक आस्था र श्रद्धा पाइनुले हाम्रो राष्ट्रि«यता र सौहाद्र्रता झ्न घनिष्ठ भावनात्मक रहेको पुष्टि हुन्छ । नेपालको मध्य क्षेत्र अन्तर्गत रसुवा जिल्लाको हिमाली क्षेत्रमा रहेको गोसाइकुण्डको उत्पति र विशेषता भौगर्भिक कारण भन्दा धार्मिक किम्बदन्तीहरुमा छुटै रोचक ब्याख्या रहेको छ । गोसाइकुण्ड प्रसंगसंग जोडिएको यो एउटा किम्बदन्ति बारेमा प्रकाश पार्न केही पछाडीको इतिहास हेर्नु पर्ने हुन्छ । वि.सं. २०६८ नेपालको जनगणनामा जनजाति संख्या १२५ मध्ये एक बहुल संख्यक रहेको तामाङ जातिले हिमाली पहाडी मध्य क्षेत्रलाई आफनो मुख्य थलोको रुपमा चल खेल गरि आएको पाइन्छ । तामाङ जातिमा गोले थर भएकाहरु गोसाइकुण्ड जान चाहदैंनन् । भनिन्छ गोलेका पुर्खाहरुले त्यहां आफ्ना पुस्तालाई जान प्रतिबन्ध लगाएका छन् । त्यो ठांउ गोलेका लागी प्रतिबन्धीत किन भनि बुझ्ने प्रयास गर्दा नुवाकोट जिल्लाकी श्रीमती राधा देबी तामाङ भन्नु हुन्छ उहिले गोसाइकुण्ड भएको ठांउमा गुरु बज्रका अनुकम्पा भएका विशेष सिद्धी प्राप्त झाँक्री गाोले र स्थानिय नागको युद्ध भएकोमा पराजित नागका वंशजले गोले पुस्ताका सन्तानहरुको अनिष्ट गने आशंकाले नागको कोपबाट बच्न त्यहां जान रोक छ । गोसाइकुण्ड महिमाको गाथा बर्णन गर्दा धेरै अघि कुनै समय देव र दानवहरुबिच समुद्र मन्थन गरेर अमृत निकाल्ने सम्झौता भएछ । तर, अमृत अघि कालकुट बिष उत्सर्जन भएर सर्वनाश हुन लाग्दा भगवान शिवजीले चराचर जगत लगायत पृथ्वी र देवदानवहरुको रक्षा गर्न उक्त विष पान गर्नु भएछ । विष अत्यन्त तिब्र र भयानक प्रभावकारी भएको हुनाले शिवजीले ननिलेर गलामा राख्दा जलन पैदा हुन गई गला निलो वर्णमा रुपान्तरित हुन गएछ । निदानका लागि भगवान शिवजीले त्रिशुल प्रहार गरी हिमालयबाट निश्रित शितल जल प्रयोग गर्नु भएको त्यो पावन भुमी कालान्तरमा गोसाइकुण्डको नामले परिचित भएको हो ।
जनै पुर्णिमा वर्षको भाद्र महिनामा पर्दछ ।
भक्तजनहरु उक्त अवसरमा गोसाइकुण्ड स्नान गरी पुण्य आर्जन गर्ने र जनै फेर्ने
गर्छन् । अन्य गैर तागाधारीहरु नाडीमा पण्डितद्वारा मन्त्र उच्चारण सहितको डोरा
लगाउनाले कल्याण हुने विश्वास अनुरुप वर्षमा एक पटक धारण गर्दछन् । यसका अतिरिक्त
अरु कैयन् सम्प्रदायकाहरु पनि त्याहाँ एकत्रित हने गर्दछन् । दैबी शक्तिका
उपासकहरु जसलाई बोलीचालीको भाषामा झाँक्री भनिन्छ कसै कसैले लामा पनि भन्ने गरेको
सुनिन्छ त्याहाँ वार्षिक पुजा गर्न पुगेका हुन्छन् । लामा र झाँक्री दुई पृथक,
कुनै हिसाबले एकरुपता
नभएको बेग्लै विषयहरु हुन् । लामा धार्मिक धर्मगुरुको कार्य गर्ने पवित्र शुद्ध
धर्म सम्वद्ध हुने आदरणिय हुन्छन् भनें झाँक्री स्थानिय देवदेवीको आराधना गरेर
झारफुक गर्दे बिरामी निको पार्ने हिन्दु तथा नेवार समुदायका आयुर्वेदिक उपचार
गर्ने वैद्य जस्तै औषधिमुलो गर्ने साधक हुन्छन् । नेपालका तामाङ, थकाली, शेर्पा, गुरुङ र अन्य हिमाली क्षेत्रका आदिवासी जनजातिहरु बौद्ध धर्माबलम्बि हुन् ।
लामा बन्नकालागि बौद्ध दर्शन, शाास्त्र, सिद्धान्त,
आदर्श तथा वाद आदिको गहन्
अध्ययन, अन्वेषण तथा
गुरुको निर्देशन एवम् निगरानीमा नीति नियमहरुको पालना गर्दै दिक्षा ग्रहण गरेको
हुनु पर्दछ । हिन्दु, मुस्लिम, इसाई, शिखका पुरोहित पण्डित, मौलाना, पास्टर, ज्ञानी भए जस्तै बौद्धका पुरोहित लामा हुन् ।
सांसारिक मोहबन्धनबाट मुक्त ब्रह्मचर्यको जीवन यापन गर्न केश मुण्डन, गेरु वस्त्र र माला लिनका अतिरिक्त गृहस्थि
सामान्य व्यवहारमा आधारित रहेर पनि बौद्ध अनुयायी रहन सकिन्छ । अर्को तर्फ झाँक्री
अनेकन् भेषभुषामा सजिएर ढ्र्याँग्रो ठोक्दै आफनै शैलीमा अबिर, अक्षेता, खरानी आदिको सहारामा अस्वभाविक शारिरीक
भावभङ्गीहरु गदै देबीबेवता फलाक्ने गर्छन् । आधुनिक नेपालको सन्दर्भमा यो अभ्यास
बिस्तारै लोप उन्मुख भएको छ । तामाङहरु बौद्धमार्गी हुनु अघि बोन धर्म मान्ने
प्रकृती पुजक हुने गरेको र वर्तमान परिप्रेक्ष्यमा कतिपयले यदाकदा अन्य आस्था
लिएको पनि भेटिन थालेका छन् यद्यपि नितान्त व्यक्तिगत मामिला हुन् । गोले बाहेकका
अन्य झाँक्रीहरु गोसाइकुण्डमा आफ्ना सिद्धीको पुनर्ताजगी र थप उर्जा हासिल गर्नाको
मनसाय लिएर गाोले मेमेको जस्तो अद्भुत शक्ति प्राप्त गर्न र आशिस थाप्न पुगेका
हुन्छन् ।
*आजको बैज्ञानिक युगमा पनि अदृश्य शक्तिको
तर्कहरु अगाडी सारेर कुनै आधार नभेटिएका मौखिक कुरामा अलमलिनु के युक्तिसंगत होला
भनि प्रश्नको जवाफमा रामेछाप जिल्लाको गोले थरकै जित बहादुर तामाङ भन्नु हुन्छ
उहिलेदेखि देबताका पालामा हाम्रा पुर्खाले जान हुदैन भनेको ठाउंमा आज आधुनिक
शिक्षाको प्रभावमा परेर कोही जान सोच्छ भने त्यो उसैका् नैतिकताको कुरा हो । आफ्ना
पुर्वजहरुको आज्ञा उल्लंघन गर्न कुन धर्मले सिकाउछ ? भनि
उहां प्रतिप्रश्न गर्नुहुन्छ । यो पंत्तिकार आफै पनि गोले भएकोले यस बिषयमा चाख
लिनुलाईु स्वाभाविक मान्न सकिन्छ ।
यसै जिज्ञासाको हल गर्दै काठमाडौ
निबासी ६० बर्षीया श्रीमती कृष्ण कुमारी तामाङको शव्दमा सत्य युगमा उहिले
गोसाइकुण्ड भएको ठाउंमा गुरु बज्र (शिव)को आराधना गर्ने गोले मेमे(हजुर बुबा)
उपासक रहेछन् । उनको दिन चर्या त्याहाँ धर्म कर्ममा व्यतित हुन्थ्यो । उनले एक दिन
त्यस ठाउँमा गुम्बा (बौद्ध मन्दीर) बनाउने बिचारले छिमेकी गोसाइकुण्डका नाग संग
सम्पर्क गरी सहयोग लिने कुरा गर्छन् । गुम्बा निर्माणको निम्ति चाहिने जति ढुंगा र
रत्न नागले उपलब्ध गराउने सम्झौता बमोजिम दिनभरी निर्माण कार्य हुन्छ तर अर्का दिन
भोली पल्ट त्यहाँ गुम्बा भत्केर लडेको अबस्थामा भेटिने सिलसिला धेरै दिन सम्म चलि
रहन्छ । त्यस निर्माणाधिन मन्दीरको सुरक्षार्थ गोले मेमे लुकेर कुर्न बस्दा दिनमा
सहयोग गर्ने नागले राती राती गुम्बा भत्काउने बदमासी गरेको रहस्य खुल्न आउँछ ।
गोले मेमेले अब मन्दीर निर्माण सुरक्षाको जिम्मा नागलाई दिने र निर्माण कार्य
सम्पन्न गर्ने तर बदलामा गुम्वाको निर्माण सकिनासाथ गोले मेमे नागको आहारा बन्नु
पर्ने शर्त तय हुन्छ । गुम्बाको निर्माण कार्य पुनः धमाधम् हुन थाल्दछ । गोले मेमे
स्वयम् गुम्वाको गर्भ गृह भित्र निर्माण कार्यमा जुटि रहेको बेला बाहिरबाट कसैले
बाधाबिघ्न नगरुन् भनि सबैलाई जानकारी गराइन्छ । उता गोले मेमे काम सके पछि भागी
जाने शंका गरी नागले गुम्बाको चारैतिर पुच्छरले बेरेर कहीं कतैबाट भाग्न उम्कन
नपाउने गराई ढोकाबाट टाउको छिराई गाोले मेमेलाई खाने दाउ हेरी बस्छ । गुम्बा भित्र
देब प्रतिमाको प्राण प्रतिष्ठा लगायतका पुजा अर्चना सबै सकेर धार्मिक कार्यमा समेत
स्वार्थी नागले अवरोध खडा गरी अनैतिक शर्त राखेको हुँदा लोभी स्वभावको दुष्टलाई
संहार गर्ने मनशाय लिई गोले मेमेले तान्त्रिक बिद्याद्वारा नागको टाउकोमा समाती
उसैलाई निल्न शुरु गर्छन् । बिस्तार बिस्तार तान्दै निल्ंदै गर्दा मुख सम्म पुच्छर
आई पुगेकै बेला अचानक बाहीरबाट कोही भित्र आएको आभाष मिलेकोले निल्न बाँकी रहेको
पुच्छरको टुप्पाको अंश त्यही तत्काल छाड्नु पर्दा त्यो छुटेको पुच्छरको ठुटो अहिले
नाग बनेर गोले मेमेको सन्तती सम्मलाई पनि बांकी नराख्ने भनि अद्यावधि प्रतिशोध लिन
त्यस ठाँउमा प्रतिक्षारत छ भन्ने जनश्रुतीको विश्वास तामाङ जातीमा व्याप्त रहेको
कथावस्तु यस प्रकार प्रस्तुत हुन आउंछ ।
आज पर्यन्त कहीं कतैबाट यस विषयमा शोध, अध्ययन र गवेषणा न प्रमाण जुटाउने प्रयत्न भएको
कसैको जानकारीमा छैन । त्यो धार्मिक स्थल
गोलेको तपोभुमी हो तर अनिष्ट हुने सन्त्राशले कोहि गोले त्यहाँ जान सकेका छैनन् ।
गोले मेमेद्वारा स्थापना गरिएका देवता गुरु वज्र त्याहाँ बिराजमान हुनु भएकाले
दैबी शक्ति एवम् गोले मेमेको प्रतापले नागको दुष्प्रभावबाट रक्षा हुने इश्वरीय
कृपा सबैलाई प्राप्त होस, अस्तु ।
२०७२.४.२१
प्रकाशित :
राजधानी
राष्ट्रिय दैनिक
वर्ष १५, अंक ८६, पृष्ठ ३, काठमाडौ
शनिवार १२ भदौ
२०७२
*सम्पादित
अंश