Friday, August 7, 2015

स्वाजिलैण्डको रीड डैन्स Np




स्वाजिलैण्डको रीड डैन्स

राजतन्त्रात्मक गणतन्त्र स्वाजिलैण्ड हाम्रो देश नेपाल जस्तै क्षेत्रफलमा तुलनात्मक सानै भएतापनि शान्त, सुन्दर बिकाशसील तथा प्रकृतीकी धनी अफ्रिकि महादेशको दक्षिण पूर्वमा अवस्थित, उत्तर पश्चिममा मोजाम्बीक तथा चारैतिर दक्षिण अफ्रीकाले घेरिएको आफ्नै रितीथितीमा रमाई रहेको पर्यटकहरुको लागि आकर्षकको केन्द्रबिन्दु बनेको छ ।
मोजाम्बीकको राजधानी मापुतोबाट दैनिक बस सेवाहरु २ घण्टामा स्वाजीलैण्डको सिमावर्ती जनबस्ती लोमहासा, लोमहासाबाट बसमा राजधानी बवाने २ घण्टामा सजिलै पुग्न सकिन्छ । यात्रा अवधिभर मोजाम्बीकमा गृहयुद्ध ताका (सन् १९७५ देखि १९९१ सम्म) भएका लोमहर्षणकारी बिभिषिकाको सम्झना दिलाउने ठाउँ ठाउँमा गोली लागी क्षत बिक्षत भएका घरहरु मुक दर्शकको रुपमा साक्षि बनेका भेटीन्छन्  त सडकका किनारामा थुप्रै संख्यामा बस, ट्रक, कार तथा जीपहरु जलाईएका कंकालका थुप्रा बनी कोल्टेपरी लडिरहेका देखिन्छन् त सिमावर्ती इलाका सम्म बिजुली र टेलिफोनका नाङ्गा खम्बाहरु पुनः कुनै दिन तार लाग्ने आशामा ठडीरहेका प्रष्ट देख्न सकिन्छन् त जंगल भित्र घर देखिन्छन् जसबाट सहज अनुमान गर्न सकिन्छ कुनै समय सफा रहने गरेका हरिया फाँटहरु आज जंगलमा परिणत भएका छन्  । उपरोक्त सबै दृश्यका कारणी अर्को शब्दमा भनौं साधनका रुपमा प्रयोग गरिएका सैनिक टैंक(फलामे जन्जीर रुपी पाङग्रा भएका) ठाडो पारी तारो हान्ने नाल अझै कतिपय ठाउँहरुमा ठाडै छन त कतै भुईं मुन्तीर मुन्टीएका छन् भलै टैंकको अवशेषमात्र किन नहोस् ।
मोजाम्बीकको सिमावती ईलाकाबाट स्वाजीलैण्डको लोमहासा तर्फ लाग्दा नेपाल भारतको सिमाको झझल्को एकझलक मानस पटलमा अवश्य आउने गर्दछ । लोमहासाबाट डेढ घण्टा मंजीनी (स्वाजिलैण्डको प्रमुख औद्योगिक बाणिज्य केन्द्र) हुदै आधा घण्टामा रमजधानी बवाने पुग्ने क्रममा शुरु सिमान देखि राजधानी सम्म चौडा फराकिलो सडककको दुवै किनारामा तारवार, घर पालुवा जनावर अथवा अन्य कुनै किसिमको बाधा अवरोध रोक्ने हेतुले लगाईएको देख्दा नेपालको परिप्रेक्ष्यमा यो सम्धव नहोला र ? भन्ने प्रश्न डुबुल्की लाउने प्रयास गरेको भान हुन्छ । मोजाम्बीकको सिमावारी देखि पहाड, हरियाली खेती किसानी तथा अन्य बिकासका लहर देख्दा मन साच्चैनै गद्गद् भएर आउँछ । पाल्पाको बजार झै देखिने ससाना डाँडाहरु माझ सुन्दर अट्टालीकाहरु हरियाली सफा सुग्घर बाताबरणमा मुस्काए जसरी चित्त प्रफुल्लीत पार्दछ । एकै किसिमको लस्करै ब्याडहरुमा लगाईएका फसल र बिच बिचमा सिंचाईका लागी जडान गरिएका पानीका पाईपबाट छुटेका फोहरा टाढा टाढा रहेका सम्भवत मल तथा किटनाशक औषधी छर्ने प्रयोजनका लागी ससाना प्वाल यूक्त दुवैतिर लामा लामा पाईप भएका हवाई जहाज देख्दा देशको अर्थतन्त्र खेतिमा निर्भरशिल रहेको तथ्य छल्ङ्र्गीन्छ ।

स्वाजीलैण्डको आधिकारिक प्रचलित भाषा अग्रेजी भएतापनि यसका आप्mनै मौलिक भाषाहरु पनि प्रयोगमा पाईन्छन् । हरेक देशको आप्mनै बिशेषता हुने गर्दछ तर स्वाजीलैण्डको बिशेषता शायद कुनै देशको होला । स्वाजीलैण्ड राजतन्ज्त्रात्मक देश हो र स्वतन्त्र तथा छिमेकी मुलुकहरुको दाँजोमा सम्पन्न देखिन्छ । सुन्दामा अचम्म लाग्नु नेपाली परिबेशमा हाल सत्ताशीन राजा स्वातीका आठ पटरानी छन् । स्वाजीलैण्डका भु.पु. महाराज स्वर्गे हुँदा पचासी बर्षको उमेरमा सत्तरी रानीका धनी थिए र हाल महाराज पच्चिश बर्षको उमेरमा पुग्दा नपुग्दै अगष्ट १८, १९९४ का दिन महान् परम्पराको अनुयायीले निभाउनु पर्ने गौरवमय इतिहासको बागडोर सम्हाले अनुरुप आठ ओटि पटरानी बिबाह गर्ने सफल भएका छन् ।
क्याथोलिक क्रिश्चियन धर्मालम्बि नवयूवक राजा यूरोपेली सभ्यताको आधुनिक बाताबरणमा भिजे सरह देशको सबै जनता खुसहाल रही न्यूनतम आवश्यकताको कमी महसुस गर्दैनन् । देशको आर्थिक स्थिती झण्डै झण्डै दक्षिण अफ्रीकाको समानान्तरमा अमेरीकी डलरको १ः३ अनुपातमा रहेकोले सरदर एशियाली मुलुकहरु भन्दा पन्द्र गुणा बढी बिकसित भन्न करै लाग्छ । स्वाजिलैण्डको सामाजिक रहन सहन आर्थिक स्थिती, शैक्षिक स्तर, औद्योगिकिकरण, व्यापार, बाणिज्य यावत क्षेत्रमा प्रगती भएको देख्दा यूरोपेली मुलुक सँग दाज्न सायद नमिल्ला तर दक्षिण एशीयाली मुलुकहरु सँग पक्कै मिल्दैन । पहाडै पहाडले बनेको, चारैतिर भुपरिबेष्टित नेपालमा जसरी प्रचुर जल श्रोतको धनी पनि नभएको तर बिकास एवं जिवनशैलि पश्चिमेलीहरुले ईष्र्या गर्ने लायकको हुनु जनताको मिहेनत र ईमान्दारीको प्रतिफलको द्योतक हुनु पर्दछ ।
स्वाजीलैण्डको चाडपर्व उत्सवहरु मध्ये रीड डैन्स भनीने एक राष्ट्रिय महोत्सव हो जुन सात दिन सम्म अटुट मनाईने गरिन्छ । रीड भन्नाले अंग्रेजिमा हाम्रो तराई तिर पाईने नरकट घाँसको डाँठ हो । झवाट्ट हेर्दा निगालो जस्तो देखिने कान्छि औंला जत्रो मोटो एक मान्छे सम्मको अग्लो हुने एक प्रकारको बनस्पती हो । रीड डैन्सको नियम अनुसार यो बर्षको एक पटक हुने गर्दछ जस्मा जाती पेशा बर्गको भेदभावरहित स्वेच्छाले कन्या कुमारीहरु सहभागी हुन सक्दछन् । स्वाजीलैण्डको परम्परागत घर ग्रामिण जीवनमा पाईने नरकटको ईग्लु जस्ता गुम्बज आकारको झ्याल नभएको मात्र एउटा निहुरेर छिर्न सकिने सानो ढोका हुने गर्दछ । रीड डैन्समा देशका आप्mना राजाका आमा(मुमा बडामहारानीका लागी) निमित्त रीड कटैज बनाउन भनी हातमा हंसीया लिई जंगलमा रीड काटी ल्याउनेमा सहभागीहरु आधुनिक पहिरन तथा अन्य श्रृंगारका साधन प्रयोग नगरी शिरमा कपाल कोरीबाटी गरी बिभिन्न रंगका रिवनले सिंगारी, गलामा बिभिन्न माला पहिराई, कानमा बाला, हातमा कंगन चुरा, कटीदेशमा झुम्कायूक्त मालाहरु र घुंडामा तथा तल गोडामा पनि माला लगाई अन्यथा शरिरको सर्वाङ्ग नग्न अवस्थामा हाँसी हाँसी प्रसन्न मुद्रामा हुलबाँधी नाचगान गर्दै अर्को तर्फ मुमा बडामहारानीको स्वागत अभिबादन गर्न अग्रसर हुन्छन् भने अर्को तर्फ मुमा बडामहारानीका साथ राजा आप्mना दलबलको जत्था लीई परम्परागत भेष भुषामा हातमा धनुषबाण बन्चरा धारण गरी, कम्मरमा बाघको छाला लपेटी खाली गोडा गोलीगाँठामा घुँघरुबाधी आउँछन् र सहभागी कन्याहरु मध्ये सबै भन्दा बढी मन पर्ने लाई आफ्ना रानी छान्दछन् ।
        यसरी छान्ने क्रममा राज माताका साथमा राजाका पूर्व पत्निहरु पनि हुन्छन् र उनीहरु पनि नयां दुलही(रानी) लाई राजाले छानी सके पश्चात स्वागत गर्दै परम्परागत बिबाह सम्पन्न गराउने तयारीमा जुट्दछन् । परम्परागत बिबाहमा औंठी अदली बदली गर्ने पुरानो मान्यता यहां पाइदैन । पाईन्छ त राजाका सबै भाई भारदार आफन्त, नाता गोता, ईष्ट मित्र र बेहुली पट्टिका लगायत अन्य सबै सार्वजनिक मेलाबिच ओखल, मुङरो र आगोको साक्षी । यस राष्ट्रिय पर्बको रोचक दृष्य हेर्न देश बिदेशका गरी हजारौं संख्यामा बिदेशी पर्यटक लगायतका मानिसहरु भेटिन्छन् ।
बर्षेनी रीड डैन्सको परिपाटीले राजाको रानी संख्यामा अभिबृदी गर्दै जान्छ भनें नयां पुरानोको समय माप दण्डले रानीहरु मध्ये जेष्ठता कायम नभएर राजालाई रीझाए अनुसार मौसुफको ईच्छा बमोजिम रानीको मर्यादा मानपदवी अर्कारानीका भन्दा कति घटी कति बढी शिरमा सिउरिएको रातो चराको प्वांखको संख्याले संकेत गर्दछ । प्वांखको संख्या जति बढी उति मर्यादा बढी भएतापनि सबै रानीहरु राजप्रासादमै स्थान पाउंछन र त्यसै गरी कुन चांही रानीबाट हुने राजकुमार राजाका उत्तराधिकारी हुने छन भन्ने कुरो पनि रानीको जेष्ठता तथा मर्यादामा भरपर्ने नभएर राजाका बिशेष सल्लाहकार समितिको निर्णयमा भर पर्ने हुन्छ । राजा बाहेक राजाका भाई, छोरा, कसैले अन्यकिसिमका राजसी सुबिधा पाउदैनन् र सर्वसाधारण जनतासंगको सम्पर्क समन्वय सामान्य नागरीकले सरह गर्ने गर्दछन् ।
आजको संचार युगमा प्रस्तर युगको परम्परागत परिपाटी बास्तबमा अनौठो मात्र नभएर गौरबपूर्ण छ, आवश्यक छ त केही सुधारको ।

 प्रकाशित :
कान्तिपर  दैनिक समाचार पत्र
२०५३ बैशाख ८

अपराध प्रवृतीको अध्ययनको आवश्यकता र उपादेयता Np

अपराध प्रवृतीको अध्ययनको आवश्यकता र उपादेयता


मानव इतिहासको शुरुकालदेखि समाजमा अपराध हुंदै आई रहेको एक तितो अनुभव हामी संग छ । सभ्यताको बिकास संग संगै अपराध संख्यामा पनि समानान्तर बृद्धि भएको पाईन्छ । बिगतका दिनहरुमा भएका घटना तत्सम्बन्धि अघि पछिका बिकासक्रम र र परिणामको अध्ययन बिश्लेषण एवं मननले भाविका दिनहरुमा अरुकालागि सुरक्षा निम्ति पाठ पढाउने पथ प्रर्दशकको भूमिका निर्वाह गरेको हुन्छ ।
     अपराध प्रबृति (Modus Operandi) भन्नाले अपराधीद्धारा हुने गर्ने अपराधिक क्रियाकलापसंग सम्बन्धित तरीका, शैली, समय, साधन, कारण आदि पर्दछ । यस प्रसंगमा मनोबैज्ञानिक अपराध शास्त्री तथा समाजशास्त्रीहरु बिच पनि मत मतान्तर पाईन्छ । कसै कसैले मानव स्वभाबैले अपराधी हुदैन । समय परिस्थिती र परिबन्दले गर्दा अपराध कर्म नचाहदा नचांहदै हुन जान्छ भन्ने तर्क राख्ने गरेको पाईन्छ भने अर्काथरी भिन्न पक्षमा देखिन्छन् । उनीहरुको भनाईमा केही व्यक्ति, केही जाती बिशेष, कुनै लिङ्ग सम्प्रदायहरु अपराधिक कार्य गर्ने मनोवृत्ति र मानसिकता जन्मजात लिई आएका हुन्छन ।  अझ त्यस माथी पनि केही बिद्धानहरुले त यहाँ सम्म भनेका छन् कि शारीरिक बनौट, हिडाइ र जिउडाल पनि त्यस्ता व्यक्तिहरु गभबिस्थामै अपराधीको जस्तो धारण गरेका हुन्छन् । त्यसता व्यक्तिहरु प्रायश हिंस्रक हुन्छन् भनिन्छ । यसरी छुट्टा छुट्टै बिरोधाभास तर्कहरु देखिएता पनि सामाजिक संरचना, आर्थिक स्तर, धार्मिक तथा सांस्कृतिक संस्कार र परिबेशहरु अपराधका मुख्य कारक हुन्छन् । कुनै ठाउँको प्राकृतिक भौगोलिक बनोट, जलबायु, मौसम, जीवजन्तु, बनस्पतीहरुले पनि मानव मन मस्तिष्कमा असर पारी रहेका हुन्छन् । तदअनुरुप मानिसको आचरण, व्यवहार, बौद्धिक दृष्टिकोण हुन जान्छ । निष्कर्षमा भन्नु पर्दा अपराध आफै हुने हुदैन । यसकालागी कारण,  कारक तत्व र कारणी अनिवार्य हुन्छ । यसरी बिश्लेषण गर्दा एक समुदाय, समाज वा देशमा सामान्य मानिने क्रियाकलाप अर्का समुह समाज वा देशमा बर्जित हुन सक्छन् । एकै प्रकृतीको कार्य कुनै समय, कुनै ठाउँमा स्विकार्य र कुनै ठाउँमा अस्विकार्य र  प्रतिबन्धित हुन सक्छन् । कसैले शान्त दिमागले सोच बिचार गरी, बुद्धि पु¥याई योजना बनाई त कसैले त्यस्तो नगरी तत्काल आवेगमा आई भावनात्मक संवेग नियन्त्रण गर्न नसकेर आकस्मिक ढंगबाट अपराध कार्यमा एक्कासि लिप्त हुन पुग्छन् । जुन सुकै तवरबाट जे जसरी जस्ता अपराध हुन्छन तिनका कार्य पद्धती अपराधको किसिमहरुलाई बिभिन्न आधारमा बर्गिकृत गरी बिभाजन द्धारा बेग्ला बेग्लै श्रेणीमा अध्ययन गर्नाले बिशेष जानकारी मुलक पहिचान उपलध्ध हुन्छ । यस्ता ज्ञान मानिसकोे सुरक्षात्मक बिधिमा उपयोगी र लाभदायक सिद्ध हुन सक्छन् ।
धेरै थरीको अपराधहरु मध्ये जघन्य अपराध अन्तर्गत पर्ने कर्तव्य ज्यानको तथ्याङ्क (नेपाल अधिराज्यको २०५६ श्रावण, भाद्र र आश्विन) केलाउदा ३५ देखि ४४ वर्ष भित्रका उमेर समुह सर्वाधिक पिडित पाईएको छ । त्यसमा मध्य बिकास क्षेत्र ४९ अंकले अग्रणी भएको छ भने ७८.७९ प्रतिशतको प्रतिनिधित्व हिन्दु सम्प्रदायबाट बेलुकी ६ बजे देखि राती १२ बजेको समय सीमा बिचमा १३ अंकले र आईतबार २४ अंकले अग्रस्थान ओगटेको पाईन्छ । संख्यागत हिसाबले ३० अंक ल्याई पश्चिम क्षेत्रको दोश्रो र २७ अंकले पूर्वा क्षेत्र तेश्रो भएको छ । मध्य पश्चिम क्षेत्र १४, सुदुर पश्चिम क्षेत्र १२ र काठमाण्डौ उपत्यका ८ अंकले पछ्याई रहेको पाईन्छ । बौद्ध ६.०६ प्रतिशत, मुश्लिम २.२६ प्रतिशत, क्रिश्चियन ०.७६ प्रतिशत र धर्म नखुलेको १२.१२ प्रतिशतले क्रमिक अनुसरण गरेको पाईन्छ । कुल १३२ अंकमा पेशागत रुपमा कृषि पेशामा ८४ अंकको पिडित संख्याले अरु सबैलाई पछाडी पारेको देखा परेको छ । अपराधको कार्यबिधि तर्फ धारिलो हतियारको प्रयोग द्धारा ३९, कुटपिटबाट ३८, गोली प्रहारले २० तथा अन्य ३५ वटा घटना चित्र प्रष्ट हुन आउछ ।
अर्का अपराधिक घटना हो आत्म हत्या । जसबारे जानकारी हुंदा अभिबावक वर्गबाट सतर्कता अपनाउन सकिएको खण्डमा अप्रिय घटनाहरु हुन गर्नलाई निरुसाहित गर्न सकिन्छ । आ.व.२०५३।०५४ मा १७१०, आ.व.०५४।०५५ मा २०५८ र ०५६।०५७ मा २१४१ को दुत गतिले क्रमशः २०.३५ प्रतिशत र ४.०३ प्रतिशतले घटना संख्यामा बृद्धि हुंदै गएकोे पाईन्छ । कुल ३०० मा ५० जनाको १५ देखि २४ वर्ष भित्रका उमेर समुहद्वारा बेलुकी ६ बजे देखि १२ बजे सम्मको समय भित्र सर्वाधिक आत्म हत्या गरेको पाईएको छ । कुल ४९० मा ९५ महिला आत्म हत्याको संख्या झुण्डिएर गरेको र कुल ३०१ संख्यामा २२ जना कृषि पेशाकाहरुले आईतबार सब भन्दा बढी आत्म हत्या गरेका छन् ।

यसरी हेर्दा हाम्रो देशमा आत्म हत्या बढी संख्यामा झुण्डिएर गर्ने गरेको पाईएको छ । समग्रमा आत्म हत्या गर्नेको संख्या पुरुषको बढी छ तर झुण्डिएर आत्म हत्या गर्नेमा पुरुष भन्दा महिलाको संख्या अघि छ । आत्म हत्याका विविध कारणहरुमा घरायसी मुख्य रहेको छ । झुण्डिएर आत्म हत्या गर्नुको संख्या यस कारण बढी छ की यसका लागि आवश्यक पर्ने डोरी, पटुकी, पेटी, गलबन्दी, पगडी, धोती, साडी, टाई, पछ्यौरी, सिक्रि, सुराल, दाम्लो, नाम्लो, पेटिकोटको ईजार जस्ता घाटिमा बाँध्न मिल्ने साधन सजिलै सर्वत्र उपलब्ध हुन्छ ।
अर्को एउटा अपराध चोरी हो । सामान्य समझदारी अपनाउन सकेमा पनि यसलाई पन्छाउन वा टार्न सकिन्छ । चोरी मुद्दाको क्षेत्रगत आधारमा कुल १४८ मध्ये पुर्व क्षेत्र ५६, पश्चिम क्षेत्र ३२, मध्य क्षेत्र २६, मध्य पश्चिम क्षेत्र ११, सुदुर पश्चिम क्षेत्र ११ र उपत्यका १२ गरी आआफ्नै स्थानहरुमा पिडित बन्न पुगेको देखिन्छ । कुल १४८ चोरीका घटनाहरुमा ५९ वटा बेलुकी ६ बजे देखि राती १२ बजेको बिच सर्वाधिक भएका छन् । कुल १४८ चोरी मुद्दामा घरमा कोही नभएको मौका पारी र सुती निदाई रहेको अवस्थामा ३३, ताल्चा फोरेर २८ र कुटपिट गरी जवरजस्तीसंग १८ घटनाहरुले जनमानसमा सजगता ल्याउने पर्ने देखाउँछ । त्यसै गरी पसल फोरेर १७, सुरुङ खनेर १२, गोठबाट चौपाया चोरी १०, पार्क गरेको साईकल र मोटर साईकल ९, गैती (सावेल) प्रयोग गरी ६, झ्यालको सिसा काटेर २, नसालु पदार्थ सेवन गराएर १, जिउमा (शरिर) फोहर लगाई दिएर १ र अन्य कारणहरु ११ रहेका छन् । अपराध कर्मीहरुको यस्ता गतिविधि तथ्याङकले आम जनतालाई आफ्नो धनमालको उचित हेरचाह गर्नु भनि सचेत गर्दछ ।
     यस प्रकार अपराध प्रवृत्तीको जानकारीले अपराध र अपराधिलाई सजिलो पर्ने समय, तरिका छल्न सकिने यथार्थका कारण सचेत नागरिक वर्गले यसको महत्व र उपादेयता मनन् गर्न लाभदायी हुन्छ ।


प्रशिक्षार्थी पत्रकार
(कृष्ण कुमार तामाङ)
२०५६/११/०६


सन्दर्भ सामग्री श्रोत अपराध अनुसन्धान तथा अन्वेषण अ.अ.बिभाग प्रहरी प्रधान कार्यालय