Tuesday, July 14, 2015

प्राकृतिक प्रकोपको सन्र्दभमा सशस्त्र प्रहरी बल Np


प्राकृतिक प्रकोपको सन्र्दभमा सशस्त्र प्रहरी बल
Dr.कृष्ण कुमार तामाङ

सिन्धुपाल्चोक जिल्लाको जुरे पहाडमा २०७१ श्रावण १७ गते राती गएको विनाशकारी पहिरोले धेरै जनधनको अपुरणिय क्षति गरेको छ । त्यो पहिरो पहिलो पटक नभएर करिब ६० बर्ष अधि पनि त्यसै ठाउँबाट गाँउबस्ती र जमिन सहितको ठुलो स्खलन भई सकेको थियो भन्ने यथार्थ जीवन्त इतिहास दोहरीएको छ । संसारमा हुने प्राकृतिक प्रकोपहरु टार्न नसकिने नियती हुन् । तर, मानिसले सम्भाव्य खतराको पुर्वानुमान गर्न सक्ने अवस्थामा पनि बढी आत्मविश्वास र हेलचक्राईका कारण विपद्को सिकार हुने गरेका दृष्टान्तहरु प्रशस्तै भेटिन्छन् । अपवादका रुपमा केही प्रकोपबारे पिडीतहरुले थाहै नपाई बिना कुनै सूचना प्रतिकार गर्ने समयको अभावमा अकालमै ज्यान गुमाउन पुग्दछन् । बाङलादेश, चिन, म्यानमार, फिलिपिन्स, थाईल्याण्ड र भारतीय उपमहाद्वीप मुलुकहरुमा नदीहरुले जनधनको क्षति पु¥याई रहेको प्रवृति हरेक वर्ष दोहरीन्छन् । नाइल, ह्वाङ हो, याङ सिकियाङ, एलो रिभर, ब्रम्हपुत्र जस्ता नदी किनारका सभ्यताहरुले धेरै प्राकृतिक कोहराम भोगि सकेका छन् । तापनि प्रकृतिको कहरलाई न्युन आँकलन गर्दै वा विज्ञान र प्रविधिको पर्याप्त तयारी नगर्दै अथवा पूर्ण सामथ्र्य प्राप्त गर्नु अगावै विनास लिलाको पिडित बन्नु परेको मानव जातिकै कमजोरी रहि आएको छ । पहिरो, हिम पहिरो, भुकम्प, सुनामी, बवन्डर(साईक्लोन) जस्ता विविध प्राकृतीक प्रकोपहरुले विज्ञान र प्रविधिका अझ बढी नयाँ आविष्कार तथा उद्भावन(invention) गर्न वाध्यतात्मक परिस्थिति ऋजना भई रहेका छन् । वैज्ञानिक अध्ययन, विश्लेषण तथा विगतका तथ्याङकहरुको सुक्ष्म अन्वेषणबाट निष्र्कष लिन आवश्यक पर्दछ इच्छा शक्ति र नियोजित योजनाको ।
           वि.सं.२०३९ सालमा सिन्धुपाल्चोक जिल्लाको सुनकोसी नदीको बलेफीमा पहिरो गएको थियो । वि.सं.२०४४ सालमा त्यहीं बाढी पनि गएको थियो । २०५३ सालमा तातोपानी देखि करिब ५ कि.मि. तल लार्चामा पहिरो गएको थियो । २०५१ सालमा यो स्तम्भकार आफै पनि सीमा प्रहरी चौकी८ लार्चामा कार्यरत छँदाको बखत त्यो भयावह ठाडो भिर नजिकको कार्यालय(अन्दाजि ५० मिटर दुरी) कुन बेला पहिराले थिच्ने हो वा कति बेला चौकीको माथि सिरानमा रहेको ठुलो चट्टान झर्ने हो त्रासदिपुर्ण माहौलमा समय काट्न निकै कठिन भएकोले त्यसै बेला उक्त ठाँउबाट प्रहरी चौकी सार्न तालुक कार्यालय संग पत्राचार भएको थियो । नभन्दै २०५३ सालको पहिरो र बाढीले त्यस इलाकामा वितण्डा मच्चाएछ । आश्चर्य मान्नै पर्ने त के भने त्यत्रो क्षतिको बाबजुद त्यस क्षेत्रमा जनताहरु बसोबास गर्न छाडेका छैनन् ।
         हालसालै विश्वमा भएका केही प्रकोपहरुको प्रवृत्ति हेरौं जस्तै २०७१ बैशाख १९ गते अफगानिस्तानको उत्तर पूर्व अवस्थित पहाडी प्रान्तमा भिषण पहिरो गएर आधिकारीक सूचना अनुसार अबि बारीक गाँउमा मात्र कम्तिमा ३०० जनाको अरु सम्भावना ५०० अथवा अझ बढी ज्यान गएको हुन सक्ने भनिएको छ३ । २०७१ भाद्र ४ गते जापानको हिरोसीमा शहर नजिक एक महिना भरी पर्ने बर्षाको पानी एकै रातमा पर्नाले गएको पहिरोले धेरै संख्यामा नागरिकहरुको जनधन क्षति भएको थियो । २४ घण्टा भित्र २४० मि.मि.(९ ईन्च) पानी महिना भरमा हुने जति एकै पटक परेकाले त्यो क्षतिको भएको थियो । पन्ध्र बर्ष अघि अर्थात वि.सं. २०५६ मा त्यस ठाँउमा यस्तै पहिरो गएको थियो  
          प्रकृतीको गति र प्राकृतिक कृती उपर पुर्ण नियन्त्रण असंभव प्राय भएता पनि तिनका प्रभाव र संभावनाको दिशा परिवर्तन गर्ने तर्फ राष्ट्रिय तथा अन्तराषर््िट्रय स्तरबाट हर प्रयासहरु हुने गर्दछन् । वास्तवमा सत्य कुरा के पनि हो भने निर्माण लगायतका विकास कार्यहरु गर्दा मानविय त्रुटीहरुकै कारणबाट समेत प्रकोपहरु हुने गर्दछन् । काठमाण्डौको मध्य भागमा स्थित थापाथली र सिनामंगलको पुलहरु भासिनुको मुख्य कारण पुलको खम्बा मुनिबाट बालुवा र गिटी झिकेर भएको सडक विभागका अधिकारीहरुको राय रहेको६ छ । हरियाली वन विनाश, अत्यधिक शहरीकरणले भवन संरचनाहरुको निर्माणका कारण भुमिगत जलस्तरमा ह्रास, वायुमण्डलको ओजोन तहमा छिद्र्र(अत्यधिक कार्बन उत्र्सजनको कारण) आदि प्रमुख कारक तत्वहरुले गर्दा पृथ्वीको उत्तरी गोलाद्र्घ देखि अन्टार्कटिका महादेशको हिमखण्ड लगायत हिमालयका हिम शिखरहरु तिव्र गतिले पग्लने हुँदा वि.सं.२०१० सालमा प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले देखेका सेतो ढकमक्क हिमाल आज बरफ पग्लिएर खुईलिएको ठाँउ ठाउँमा काला चट्टान प्रस्ट देखिने दृश्यहरुका फोटोले जो कोही प्रकृती प्रेमीलाई दुःखी बनाउदै विस्मित तुल्याउछँ  । गत ५० वर्षको अवधिमा सगरमाथाको हिमाली क्षेत्र १३ प्रशितले खुम्चिएर ५९० फिट माथि पुगकोे र वि.सं. २०४९बाट तापक्रम १ डिग्री फारनहाइट बढेको छ।
          पाकिस्तानको स्थानिय समय राति १२ः२८ बजे तद्नुसार नेपालको १ः१३ बजे ४.१ रेक्टरको ठुलै झट्का दिने भूकम्प कतै नेपालको करिब त्यसै समय गएको जुरे पहिरोको कारण नहोला भन्न सकिन्न । यसै सन्र्दभमा छिमेकी मित्र राष्ट्र चीनका राजदुतले नेपालको यस दुखद घडमिा शोक प्रकट गर्दै पहिरोका कारण क्षति भएका सडक संचालन पूनर्निर्माण कार्यमा प्राविधिक सहयोग उपलब्ध गराउने र यसै विच वाणिज्य सुचारु गर्नका निम्ति वैकल्पिक मार्ग स्वरुप नेपालकै रसुवा मार्ग हुँदै चीनको केरुङ्गबाट मालबाहक सवारीहरु काठमाण्डौ संचालनमा सहजीकरण गरेको बताउनु भएको थियो ।
           दक्षिणी छिमेकी मित्र राष्ट्र भारतको गोरखपुरमा नेपाल सरकारका तर्फबाट अनुरोध भए बमोजिम ३ वटा हेलिकप्टर सहितको सहायता टोली थप उद्धार तथा राहत कार्यका लागि तयारी हालतमा राखिएका थिए । नेपालको केन्द्रिय प्रकोप उद्धार समितिका अध्यक्ष तथा गृहमन्त्रीको तत्परतामा भारत र चीनबाट सुनकोशी नदीको पानी पहिरोले थुनिएर जमेर बनेको ताल घटाउन प्राविधिक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेता पनि नेपाली सेना आफैले यो कार्य गरको थियो । भारतिय प्राविधिक टोलीले नेपाल तर्फबाट कुनै अनुरोध गर्न अगावै आवश्यक पर्ने सहयोगका निम्ति पहिरो गएको स्थल अवलोकन पनि गरेको थियो ।
          २०५३ सालमा विश्व वातावरणिय परिर्वतनका कारण हिमतालको बरफ पग्लेर दोलखा जिल्लाको उत्तरी सीमाना समुन्दी सतह देखि ४५८० मि. उचाईको हिमाली क्षेत्रमा अवस्थित छो रोल्पा ताल फुटेर तल तिरका मानव वस्ति सखाप हुने त्रास फैलिएको यिथो । तब तत्कालिन सरकारले तालको पानी ह्वात्त एकै चोटी बग्न नदिन साइफन प्रणालीको प्रयोग गरेर केनाल मार्फत ताललाई फूट््रनबाट जोगाउने कार्य भएको थियो । त्यति गर्दा गदै कथमकदाचित दुर्घटना भई हाले तामाकोशी नदी किनार बस्ती भएका दोलखा, रामेछाप र सिन्धुली जिल्लाका सर्व साधारणलाई सुरक्षित उचाईमा जान पुर्व चेतावनी दिन रेडियो, माईक र साइरनहरु प्रयोग भएका थिए ।
          उपरोक्त किसिमका प्रकोपहरुको सम्बोधन गर्न विभिन्न अन्तराषर््िट्रय स्तरका संस्थाहरु छन् । सार्कको छुट्टै आफ्नै निकाय (SDMC) रहेको छ जसलाई सार्क प्रकोप व्यवस्थापन केन्द्र नामाकरण साथ सन् २००६ अक्टोवर तद्नुसार(वि.सं.२०६३ असोज) भारतको दिल्लीमा प्रकोप व्यवस्थापन राष्ट्रिय संस्थाको हाताभित्र स्थापना भएको छ । यसको नीतिगत कार्य तथा कार्यक्रमहरु अन्र्तगत प्रकोप व्यवस्थापन सम्बन्धि जनजागरण तथा शैक्षिक एवं व्यवसायिक प्रशिक्षणहरु संचालन गर्नु रहेका छन् । त्यस्तै संयुक्त राष्ट्र संघको प्रकोप जोखिम न्यूनिकरण कार्यक्रम रहेको छ । सन् १९९९(वि.सं.२०५६)मा स्थापित संस्थाले जेनेभा मुख्यालय मार्फत बैंकक, नैरोवी, ब्रसेल्स, कायरो र ल्याटिन अमेरीकाबाट कार्यालय संचालन गर्ने गर्दछ ।
            प्राकृतिक प्रकोपको व्यवस्थापन सन्र्दभ उल्लेख गर्दा सशस्त्र प्रहरी बलको भुमिका निसन्देह छुटाउन मिल्दैंन । सशस्त्र प्रहरी बललाई प्राप्त कार्यादेश मध्ये प्राकृतिक प्रकोप र महामारीमा सहयोग गर्न सशस्त्र प्रहरी ऐन् २०५८ मा स्पष्ट तोकिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको स्थापना २०५८ मा हुनु अघि स्वयम्भू सीतापाइलाको दक्षिण पश्चिम भेगमा कुनै समय ढुंगा उत्खनन् कार्य भएकोले ठुलो पहिरोको स्वरुपमा ठाडो भिर रहेको थियो । आम नागरिकहरु हिडडुल गर्ने कच्ची सडक त्यसै तलतिर रहेका कारण सार्वजनिक रुपमा त्यो ठाउअझ बढी खतरापुर्ण भएकोले तथा सशस्त्र प्रहरी बलको कार्यालय हाता त्यसै भिर संगै रहेको हुनाले तत्काल वृक्षारोपण गरिनु र ढुंगा निकाल्ने कार्य बन्द गरिनुले आज त्यो ठाउँ हराभरा एवं सुरक्षित बनेको छ । त्यसै गरी २०६८ सालमा धादिङ जिल्लाको करिनटारमा स्थापित सशस्त्र प्रहरी बलको प्रकोप व्यवस्थापन तालिम केन्द्रले उद्धार कार्यमा सक्रिय सहायता गर्न दक्ष जनशक्तिको उत्पादन गर्दै आएको छ । यस तालिम केन्द्रले प्राकृतिका प्रकोपमा परेकाहरुको उद्धार र स्थानिय जनमानसमा त्यस्ता प्रकोपको बेला कसरी आफ्नो सुरक्षा गर्ने भन्ने जनचेतनामुलक कार्यक्रमहरु समेत संचानलन गर्ने गरेको छ । २०७१ बैशाख १२ गते मन्त्रिपरिषद र सामाजिक समितिले खोज तथा उद्धार राष्ट्रिय रणनीति कार्ययोजना, २०७१अन्र्तगत नेपाली सेना र सशस्त्र प्रहरी बलमा राष्ट्रिय मध्यमस्तरीय खोज तथा उद्धार टोलीको स्थापना गर्ने भएको निर्णयले आगामि दिनहरुमा यसको सेवा प्रदायक क्षेत्र अरु विस्तारित हुनेछ   
           सशस्त्र प्रहरी बलले भर्खरै विभागीय नीतिगत तहबाट आफ्ना सबै कार्यालयहरुकोे हाताभित्र खालि जग्गाहरुमा वृक्षारोपण गर्ने परिपाटीको थालनी गरेको छ । प्रकृती र पर्यावरण वातावरण मैत्री बनाउन काठमाडौंको बाग्मति नदी सर सफाइमा सशस्त्र प्रहरी बलको सहभागिता उल्लेख्य रहेको छ । सशस्त्र प्रहरी बलले २०६५ सालमा सप्तकोशी नदीको बाढीले सप्तरी, सनसरी र मोरङ जिल्लाहरुमा पिडित भएकाहरुलाई उद्धार तथा राहत वितरण गरे जसरी अहिलेको जुरे पहिरोका पिडितहरुलाई समस्त राष्ट सेवक स.प्र.कर्मचारीहरुको स्वेच्छाले आफ्नो मासिक तलवबाट १ दिन देखि ५ दिन सम्मको राशि रकम एकमुष्ट संकलन गरी प्रधान मन्त्री राहत कोषलाई नगद रु.१,८८,७१,५९३ तथा राहत सामाग्रीहरुमा Rotary International District 3192 Nepal बाट प्राप्त Aquabox १०० थान, खाद्यान्न र औषधि आदी उपलव्ध गराएको थियो ।
 आम नागरिकको सुरक्षा प्रति संवेदनशिल बन्दै नेपाल सरकारका तर्फबाट विभिन्न रेडियो एफ.एम.स्टेशनहरुको माध्यमबाट जनजागरणका निम्ति कार्यक्रमहरु संचालनमा रहेका छन् । त्यस्तै सशस्त्र प्रहरी बलले समर्पण राष्ट्रका लागिनेपाल टेलिभिजन, च्यानल नेपाल, नेपाल वान टेलिभिजन, माउन्टेन टेलिभिजन र हिमशिखर टेलिभिजनबाट पाक्षिक टेलिभिजन विहिवार मख्य प्रशारणमा तथा रेडियो कार्यक्रमहरु आइतबार १०० मेघाहर्ज ब्याण्डमा नियमित शिक्षामुलक व्यवहारिक र जीवनरक्षक सन्देश प्रवाह गर्दै आई रहेको छ । यि कार्यक्रमहरु विकट जोखिम क्षेत्रमा बसोबास गर्नेहरुका निम्ति खास उपयोगी सिद्ध भएका छन् ।
           मानवता, विश्व शान्ती र पर्यावरण संरक्षण तथा प्रवद्र्धनका निम्ति सशस्त्र प्रहरी बल सदैव तत्पर रही आएको विषयले जो कोही नेपालीले गर्व गर्न सक्ने भएको भन्दा अतिशयोक्ति नहोला ।

 २०७१ भाद्र २९

Published in: Nepali version
 Special Publication Bulletin 2015
APF Disaster Management Training Center, Kurintar
http://www.hq.apf/includes/books/dmtc/index.html

No comments:

Post a Comment