Friday, August 7, 2015

गणेशमान शान्ति अभियानको छात्रवृत्ति Np

गणेशमान शान्ति अभियानको छात्रवृत्ति

विकाशको पूर्वाधार शिक्षाको महत्व कति हुन्छ भनेर मापन गर्न सक्ने शायदै कुनै प्रविधि होला । यसै वास्तविकताको गहनतालाई दृष्टिगत गर्दै श्री ५ को सरकारको शिक्षा नीति रही आएकोमा गणेशमान शान्ती अभियान अन्तर्गत माओवादीहरुको आक्रमणबाट निधन भएका व्यक्तिहरुको संततीलाई छात्रबृतिको व्यवस्था गरिनुलाई सबै क्षेत्रबाट सह्राहना भएको छ । आजका विद्यार्थी भोलिका देशका कर्णधार हुन् । यिनको शिक्षाको आवश्यकता परिपुर्ति गर्नमा यस प्रकारको अभियान निश्चय पनि स्वागत योग्य छन् ।
यसै परिप्रेक्ष्यमा जानकारी लिने सिलसिलामा सल्यान जिल्लाका जिल्ला शिक्षा अधिकारी ध्रुवराज के.सी संग बुझ्दा मंत्रालयबाट रकम आएको जति पर्याप्त नभएको तर हाल सम्म १९ जना बिद्यार्थीहरुलाई एकमुष्ट छात्रवृतिबारे २०५६ असारमा सरकारको निर्णय भएता पनि २०५६ मंसिर देखि मात्र बितरणको प्रकृया भएको पाइन्छ । जिल्ला प्रशासन कार्यालयबाट बिद्यार्थीको नामावली तथ्यांङ्क जिल्ला शिक्षा कार्यालयलाई उपलब्ध हुन्छ भने विभिन्न तहका बिद्यार्थीैहरुकालागि निद्र्धिष्ट रकम पनि तोकिएको छ । प्राथमिक तहकालाई एकमुष्ट रु ५०० र मासिक रु १००, निम्न माध्यामिक तहलाई रु १ हजार र रु १५०, मा.वि.लाई रु १२०० र रु २०० त्यसै गरी प्रमाण पत्र वा उच्च मा.वि.लाई रु २,००० र रु ५०० स्नातकलाई रु २,५०० र रु ८०० तथा स्नातोत्तरका लागि रु ३ हजार र रु १ हजार छुट्टयाइएको छ ।
उपयूक्त बमोजिम बिद्या आर्जन गर्न बिद्यार्थी प्रति सरकारको सद ईच्छा अनुरुप बिद्यार्थीको पनि लगाव हुनु पदैछ । तर बिद्यार्थी अनउत्र्रीण भएमा छात्रबृत्तिको सुबिधाले निजरन्तरता पाउने कि नपाउने भनि प्रश्न गर्दा जि.शि.अ. ध्रुबराज अगाडी थप्नुहुन्छ, त्यस किसिमको सीमतिता कुनै निर्देशनमा उल्लेख भएको छैन तथापी त्यस्तो परिस्थीतिमा सोच्नै पर्ने हुन्छ ।
आप्mनो स्थायी वतन जुन सुकै जिल्ला होस् अध्ययनरत जिल्लाको शिक्षा कार्यालयबाट विद्यार्थीहरु छात्रवृत्ति सोझै आफै लिन सक्दछन् । हालसम्म जिल्ला प्रशासन कार्यालयबाट १९ जना विद्यार्थीहरुको सिफारिष भएकोमा अधिकतम कति जना सम्मलाई यसरी यो योजना अन्तर्गत समाहित गर्न सकिन्छ भनि जिज्ञासा राख्दा सहायक प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश न्यौ्रैपाने खुलाशा गर्दै भन्नु हुन्छ आजका ससाना दुधे बालक जव बिद्यालय जान सक्ने हुन्छन् तव यो संख्या बढ्ने निश्चित छ र फेरी कुनै घटना भएमा संख्या त स्वतः थपिने छ । विद्यार्थीको तर्फबाट अध्ययन रोकिएमा वा रोजगारमुलक जागिरदार भएमा छात्रवृत्ति नदिने नीति भएको र स्नातोत्तर भन्दा माथिललो तहको अध्ययनकालागि अथवा विदेशमा अध्ययन गर्नका लागि के कस्ता परिबन्ध छ भनि थप प्रश्न गर्दा भर्खर भर्खर यो योजना आएकोले अहिले यो बिषयमा मौनता छ भनि बताउनु हुन्छ ।
जिल्ला सदरमुकाम खलंगा स्थित हिमदृश्य वोर्डिङ बिद्यालयका सहायक प्रधानाध्यापक अम्बर बहादुर वलीसँग पनि गणेशमान शान्ति अभियान अन्तर्गत छात्रवृत्तिबारे प्रतिकृया लिने प्रयास गर्दा यस्ता योजना भएको सुनेको तर विस्तृतमा आफुलाई जानकारी नभएको यद्यपी आप्mनै विद्यालयमा त्यस्ता सुबिधा लिने विद्यार्थी रहेको तथ्य् पनि उहां स्विकार्छन् ।
यस्तै सोलुखुम्बु जिल्ला घर भई हाल काम बिशेषले जिल्ला सदरमुकाम मै गत २ वर्ष देखि रही आउनु भएका अर्का बुद्धिजिवी बिनोद पोख्रेलसंग यस्ता कल्याणकारी योजना प्रति आफ्नो धारण राख्न आग्रह गर्दा यो ज्यादै राम्रो योजना हो र अर्थको सही उपयोग हुनु पर्दछ । अन्यथा दुरुपयोग भएमा विडंवना मात्र हुनेछ । वास्तविक पिडितलाई राहत पु¥याउने यो कार्यक्रम कसैलाई मोटाउने माध्यम हुनु हुदैन भनि राय पोख्छन् ।
कालान्तरमा समयको चक्रसंगै महंगी पनि बढ्दो छ त्यसैले यस तर्फ पनि सोचनिय हुन आउँछ । हाल जे जती रकम जसरी जस्तो परीपाटी भएको छ त्यसको कदर गरिनु पर्र्दछ । राज्य व्यवस्थाले लोककल्याणकारी योजना ल्याएकोमा सरकारलाई साधुवाद दिनै पर्दछ । यो कार्यक्रमले भविष्यमा दिगो रुप लिई सबल र पर्याप्त बन्ने संकेत दिएकोले अझ प्रभावकारी हुने आशा गर्न सकिन्छ ।

 
कृष्ण कुमार तामाङ
प्रशिक्षार्थी पत्रकार
(२०५६ फाल्गुण २३ गते)

No comments:

Post a Comment