Friday, August 7, 2015

प्रकृतीकी धनी सल्यान जिल्ला Np

प्रकृतीकी धनी सल्यान जिल्ला


नेपालको मध्य पश्चिम क्षेत्र अन्तर्गत राप्ती अंचलको पहाडी जिल्ला सल्यान विविध हावापानी तथा भौगोलिक बनोटको रहेको छ । यो जिल्ला कृषि उत्पादकत्व, धार्मिक एवं ऐतिहासिक महत्वको स्थलहरु र प्राकृतिक संपदाका दृष्टिकोणले अति सम्पन्न मानिन्छ । चारैतिरबाट बाँके, बर्दिया, सुर्खेत, रोल्पा, रुकुम, जाजरकोट र दाङ गरी ६ जिल्लाले घेरिएको भुपरिबेष्टित जिल्ला सल्यानको आफ्नै इतिहास छ । फलाबाङ्ग गा.वि.स. स्थित सल्यानी राजाको पुतली दरबार अहिलेको अवस्थामा जिर्ण भएर कति खेर स्याहार संभारको मर्मत पाउने हो संरक्षणको प्रतिक्षामा देखिन्छ भने धार्मिक स्थलहरुमा खैराबाङको पवित्र तपोभुमि भगवती भुवनेश्वरी मन्दिर, सतीदेवीको पिठ पतन भएका स्थलहरु छायाक्षेत्र र लक्ष्मीपुर, मखलाको सिद्ध गुफा, रामपुर कालिमाटीको माई मन्दिर, देव स्थलको राधाकृष्ण मन्दिर र सितलपाटीको शिव मन्दिर रहेका छन् ।
      प्रकृतीको सौन्दर्यले सजिएकी सल्यानको कञ्चनपानीको कलस आकारको कुपिण्डे दह (२ कि.मी.८ मिटर क्षेत्रफलमा) जस्तो मनोरम ताल जिल्ला भित्रको सल्लाको हरियाली जंगल र यहांबाट देख्न सकिने सिस्ने हिमाल र धवलागिरी रेन्जको मनोहरी दृश्य चित्र आकर्षक छन् ।
      पर्यटन उद्योगको प्रवल संभाव्यता भएको बारे सल्यान खलंगा निवासी उत्तम हमाल भन्नुहुन्छ सडक यातायातको सुधार मात्र पनि हुन सकेको खण्डमा बिदेशी पर्यटकहरु सहजै यस जिल्लाका पहुना हुने छन् । हाल बिद्यमान दाङ तुल्सीपुरबाट सल्यान सदरमुकाम खलंगा ६५ किलोमिटर कच्ची सडक ग्राभेल हुने आशामा छ । यसरी स्वदेशी श्रदालु भक्तजनहरुको घुंईचो पनि लाग्न सक्दछ । यहांका बासिन्दाहरुले पथ प्रदर्शक, होटल, कृषि उल्पादन बन पैदावार, व्यापार आदीको व्यबस्थालाई व्यबसायिकरण गरी आर्थिक स्तरमा सुधार ल्याउन सक्नेछन् । त्यसै गरी प्राकृतिक खनिज सम्पदाको भण्डार यस जिल्लाको धनबाङ र काभ्रा गा.वि.स.लगायत बिभिन्न स्थानहरुमा राम्रो गुणस्तरको कोइलाखानी पाईएका छन् र ती स्थानहरुमा कोइला उत्खनन् कार्य भईरहेको छ ।
      सिमेन्ट उत्पादन गर्नका लागी चुन ढुंगा अर्थात क्यालसियम कार्बोनेट अति महत्वपूर्ण र अनिवार्य कच्चा पदार्थ हो । यस जिल्लाको कजेरी गा.वि.स. अन्र्तगत पर्ने खामे लेक र नजिकको क्षेत्रमा अत्यन्त उच्च गुणस्तरको नेपाल नै सर्बोत्कृष्ट भनि संर्दधित बिशेषलहरको राय भएको चुन ढंगा निरंतर ६५ वर्ण सम्मकालागि पर्याप्त हुने ठुलो श्रोत फेला परेकोले सिमेन्ट कारखाना स्थापनाको संभाव्यता अध्ययन गर्न खानी तथा भुगर्भ बिभागबाट प्रारंभिक सर्भेक्षण कार्य समेत सम्पन्न भै सकेको छ ।
      यस जिल्लालाई प्रकृतीको अर्को बरदान भनेको सुन्तला र बिशेष गरी अदुवा उत्पादन हो । अन्यत्र पाइने अदुवा भन्दा भिन्नै किसिमको सुवाषिलो रेशा नहुने अदुवा यस जिल्लाको मालनेटा गा.वि.स.को केही क्षेत्र भित्र मात्र सिमित रहेको छ । त्यै अदुवा अन्त लगाउदा त्यै मिठास फेरी त्यसमा नपाइनुले सल्यानको अदुवा वास्तवमा उल्लेखनीय हुन आउछ ।
      काभ्रे जिल्लामा जन्मनु भएका उद्धव प्रसाद पोखेल यस्तै यस्तै कारणहरुले आफू यस जिल्लामा स्थायी बसोबास गर्न पुग्नु भएको भनि बताउछन् । श्री ५ को सरकार र दातृ संस्थाहरुले सहयोग गरी दिएमा सल्यान जनताको आर्थिक अवस्था निकै सुदृढ हुने कुरा पोख्रेल अगाडी थप्छन् । चलचित्र छायाङ्कन गर्न मिल्ने सुन्दर रमणीय स्थलहरु भएको सल्यानले साच्चै नै जो कोहीलाई मोहित तुल्याउछ ।

प्रशिक्षार्थि पत्रकार
(२०५६ फाल्गुण)

No comments:

Post a Comment