अपराध प्रवृतीको अध्ययनको आवश्यकता र उपादेयता
मानव इतिहासको
शुरुकालदेखि समाजमा अपराध हुंदै आई रहेको एक तितो अनुभव हामी संग छ । सभ्यताको
बिकास संग संगै अपराध संख्यामा पनि समानान्तर बृद्धि भएको पाईन्छ । बिगतका
दिनहरुमा भएका घटना तत्सम्बन्धि अघि पछिका बिकासक्रम र र परिणामको अध्ययन बिश्लेषण
एवं मननले भाविका दिनहरुमा अरुकालागि सुरक्षा निम्ति पाठ पढाउने पथ प्रर्दशकको
भूमिका निर्वाह गरेको हुन्छ ।
अपराध प्रबृति (Modus Operandi) भन्नाले अपराधीद्धारा हुने गर्ने अपराधिक
क्रियाकलापसंग सम्बन्धित तरीका, शैली, समय, साधन, कारण आदि पर्दछ ।
यस प्रसंगमा मनोबैज्ञानिक अपराध शास्त्री तथा समाजशास्त्रीहरु बिच पनि मत मतान्तर
पाईन्छ । कसै कसैले मानव स्वभाबैले अपराधी हुदैन । समय परिस्थिती र परिबन्दले
गर्दा अपराध कर्म नचाहदा नचांहदै हुन जान्छ भन्ने तर्क राख्ने गरेको पाईन्छ भने
अर्काथरी भिन्न पक्षमा देखिन्छन् । उनीहरुको भनाईमा केही व्यक्ति, केही जाती बिशेष, कुनै लिङ्ग
सम्प्रदायहरु अपराधिक कार्य गर्ने मनोवृत्ति र मानसिकता जन्मजात लिई आएका हुन्छन
। अझ त्यस माथी पनि केही बिद्धानहरुले त
यहाँ सम्म भनेका छन् कि शारीरिक बनौट, हिडाइ र जिउडाल पनि त्यस्ता व्यक्तिहरु
गभबिस्थामै अपराधीको जस्तो धारण गरेका हुन्छन् । त्यसता व्यक्तिहरु प्रायश हिंस्रक
हुन्छन् भनिन्छ । यसरी छुट्टा छुट्टै बिरोधाभास तर्कहरु देखिएता पनि सामाजिक संरचना, आर्थिक स्तर, धार्मिक तथा
सांस्कृतिक संस्कार र परिबेशहरु अपराधका मुख्य कारक हुन्छन् । कुनै ठाउँको
प्राकृतिक भौगोलिक बनोट, जलबायु, मौसम, जीवजन्तु, बनस्पतीहरुले पनि
मानव मन मस्तिष्कमा असर पारी रहेका हुन्छन् । तदअनुरुप मानिसको आचरण, व्यवहार, बौद्धिक दृष्टिकोण
हुन जान्छ । निष्कर्षमा भन्नु पर्दा अपराध आफै हुने हुदैन । यसकालागी कारण, कारक तत्व र कारणी अनिवार्य हुन्छ । यसरी
बिश्लेषण गर्दा एक समुदाय, समाज वा देशमा सामान्य मानिने क्रियाकलाप अर्का
समुह समाज वा देशमा बर्जित हुन सक्छन् । एकै प्रकृतीको कार्य कुनै समय, कुनै ठाउँमा
स्विकार्य र कुनै ठाउँमा अस्विकार्य र
प्रतिबन्धित हुन सक्छन् । कसैले शान्त दिमागले सोच बिचार गरी, बुद्धि पु¥याई योजना बनाई त
कसैले त्यस्तो नगरी तत्काल आवेगमा आई भावनात्मक संवेग नियन्त्रण गर्न नसकेर
आकस्मिक ढंगबाट अपराध कार्यमा एक्कासि लिप्त हुन पुग्छन् । जुन सुकै तवरबाट जे
जसरी जस्ता अपराध हुन्छन तिनका कार्य पद्धती अपराधको किसिमहरुलाई बिभिन्न आधारमा
बर्गिकृत गरी बिभाजन द्धारा बेग्ला बेग्लै श्रेणीमा अध्ययन गर्नाले बिशेष जानकारी
मुलक पहिचान उपलध्ध हुन्छ । यस्ता ज्ञान मानिसकोे सुरक्षात्मक बिधिमा उपयोगी र
लाभदायक सिद्ध हुन सक्छन् ।
धेरै थरीको अपराधहरु मध्ये जघन्य अपराध अन्तर्गत पर्ने कर्तव्य ज्यानको
तथ्याङ्क (नेपाल अधिराज्यको २०५६ श्रावण, भाद्र र आश्विन) केलाउदा
३५ देखि ४४ वर्ष भित्रका उमेर समुह सर्वाधिक पिडित पाईएको छ । त्यसमा मध्य बिकास
क्षेत्र ४९ अंकले अग्रणी भएको छ भने ७८.७९ प्रतिशतको प्रतिनिधित्व हिन्दु
सम्प्रदायबाट बेलुकी ६ बजे देखि राती १२ बजेको समय सीमा बिचमा १३ अंकले र आईतबार
२४ अंकले अग्रस्थान ओगटेको पाईन्छ । संख्यागत हिसाबले ३० अंक ल्याई पश्चिम
क्षेत्रको दोश्रो र २७ अंकले पूर्वा क्षेत्र तेश्रो भएको छ । मध्य पश्चिम क्षेत्र
१४, सुदुर पश्चिम क्षेत्र १२ र काठमाण्डौ उपत्यका ८ अंकले
पछ्याई रहेको पाईन्छ । बौद्ध ६.०६ प्रतिशत, मुश्लिम २.२६ प्रतिशत, क्रिश्चियन ०.७६
प्रतिशत र धर्म नखुलेको १२.१२ प्रतिशतले क्रमिक अनुसरण गरेको पाईन्छ । कुल १३२
अंकमा पेशागत रुपमा कृषि पेशामा ८४ अंकको पिडित संख्याले अरु सबैलाई पछाडी पारेको
देखा परेको छ । अपराधको कार्यबिधि तर्फ धारिलो हतियारको प्रयोग द्धारा ३९, कुटपिटबाट ३८, गोली प्रहारले २०
तथा अन्य ३५ वटा घटना चित्र प्रष्ट हुन आउछ ।
अर्का अपराधिक घटना हो आत्म हत्या । जसबारे जानकारी हुंदा अभिबावक वर्गबाट
सतर्कता अपनाउन सकिएको खण्डमा अप्रिय घटनाहरु हुन गर्नलाई निरुसाहित गर्न सकिन्छ ।
आ.व.२०५३।०५४ मा १७१०, आ.व.०५४।०५५ मा २०५८ र ०५६।०५७ मा २१४१ को दुत
गतिले क्रमशः २०.३५ प्रतिशत र ४.०३ प्रतिशतले घटना संख्यामा बृद्धि हुंदै गएकोे
पाईन्छ । कुल ३०० मा ५० जनाको १५ देखि २४ वर्ष भित्रका उमेर समुहद्वारा बेलुकी ६
बजे देखि १२ बजे सम्मको समय भित्र सर्वाधिक आत्म हत्या गरेको पाईएको छ । कुल ४९०
मा ९५ महिला आत्म हत्याको संख्या झुण्डिएर गरेको र कुल ३०१ संख्यामा २२ जना कृषि
पेशाकाहरुले आईतबार सब भन्दा बढी आत्म हत्या गरेका छन् ।
यसरी हेर्दा
हाम्रो देशमा आत्म हत्या बढी संख्यामा झुण्डिएर गर्ने गरेको पाईएको छ । समग्रमा
आत्म हत्या गर्नेको संख्या पुरुषको बढी छ तर झुण्डिएर आत्म हत्या गर्नेमा पुरुष
भन्दा महिलाको संख्या अघि छ । आत्म हत्याका विविध कारणहरुमा घरायसी मुख्य रहेको छ
। झुण्डिएर आत्म हत्या गर्नुको संख्या यस कारण बढी छ की यसका लागि आवश्यक पर्ने
डोरी, पटुकी, पेटी, गलबन्दी, पगडी, धोती, साडी, टाई, पछ्यौरी, सिक्रि, सुराल, दाम्लो, नाम्लो, पेटिकोटको ईजार
जस्ता घाटिमा बाँध्न मिल्ने साधन सजिलै सर्वत्र उपलब्ध हुन्छ ।
अर्को एउटा अपराध चोरी हो । सामान्य समझदारी अपनाउन सकेमा पनि यसलाई पन्छाउन
वा टार्न सकिन्छ । चोरी मुद्दाको क्षेत्रगत आधारमा कुल १४८ मध्ये पुर्व क्षेत्र ५६, पश्चिम क्षेत्र
३२, मध्य क्षेत्र २६, मध्य पश्चिम क्षेत्र ११, सुदुर पश्चिम
क्षेत्र ११ र उपत्यका १२ गरी आ–आफ्नै स्थानहरुमा पिडित बन्न पुगेको देखिन्छ ।
कुल १४८ चोरीका घटनाहरुमा ५९ वटा बेलुकी ६ बजे देखि राती १२ बजेको बिच सर्वाधिक
भएका छन् । कुल १४८ चोरी मुद्दामा घरमा कोही नभएको मौका पारी र सुती निदाई रहेको
अवस्थामा ३३, ताल्चा फोरेर २८ र कुटपिट गरी जवरजस्तीसंग १८ घटनाहरुले
जनमानसमा सजगता ल्याउने पर्ने देखाउँछ । त्यसै गरी पसल फोरेर १७, सुरुङ खनेर १२, गोठबाट चौपाया
चोरी १०, पार्क गरेको साईकल र मोटर साईकल ९, गैती (सावेल)
प्रयोग गरी ६, झ्यालको सिसा काटेर २, नसालु पदार्थ सेवन गराएर
१, जिउमा (शरिर) फोहर लगाई दिएर १ र अन्य कारणहरु ११ रहेका छन्
। अपराध कर्मीहरुको यस्ता गतिविधि तथ्याङकले आम जनतालाई आफ्नो धनमालको उचित हेरचाह
गर्नु भनि सचेत गर्दछ ।
यस प्रकार अपराध
प्रवृत्तीको जानकारीले अपराध र अपराधिलाई सजिलो पर्ने समय, तरिका छल्न सकिने
यथार्थका कारण सचेत नागरिक वर्गले यसको महत्व र उपादेयता मनन् गर्न लाभदायी हुन्छ
।
प्रशिक्षार्थी
पत्रकार
(कृष्ण कुमार तामाङ)
२०५६/११/०६
सन्दर्भ सामग्री
श्रोत अपराध अनुसन्धान तथा अन्वेषण – अ.अ.बिभाग प्रहरी प्रधान कार्यालय
No comments:
Post a Comment