Friday, August 7, 2015

स्वाजिलैण्डको रीड डैन्स Np




स्वाजिलैण्डको रीड डैन्स

राजतन्त्रात्मक गणतन्त्र स्वाजिलैण्ड हाम्रो देश नेपाल जस्तै क्षेत्रफलमा तुलनात्मक सानै भएतापनि शान्त, सुन्दर बिकाशसील तथा प्रकृतीकी धनी अफ्रिकि महादेशको दक्षिण पूर्वमा अवस्थित, उत्तर पश्चिममा मोजाम्बीक तथा चारैतिर दक्षिण अफ्रीकाले घेरिएको आफ्नै रितीथितीमा रमाई रहेको पर्यटकहरुको लागि आकर्षकको केन्द्रबिन्दु बनेको छ ।
मोजाम्बीकको राजधानी मापुतोबाट दैनिक बस सेवाहरु २ घण्टामा स्वाजीलैण्डको सिमावर्ती जनबस्ती लोमहासा, लोमहासाबाट बसमा राजधानी बवाने २ घण्टामा सजिलै पुग्न सकिन्छ । यात्रा अवधिभर मोजाम्बीकमा गृहयुद्ध ताका (सन् १९७५ देखि १९९१ सम्म) भएका लोमहर्षणकारी बिभिषिकाको सम्झना दिलाउने ठाउँ ठाउँमा गोली लागी क्षत बिक्षत भएका घरहरु मुक दर्शकको रुपमा साक्षि बनेका भेटीन्छन्  त सडकका किनारामा थुप्रै संख्यामा बस, ट्रक, कार तथा जीपहरु जलाईएका कंकालका थुप्रा बनी कोल्टेपरी लडिरहेका देखिन्छन् त सिमावर्ती इलाका सम्म बिजुली र टेलिफोनका नाङ्गा खम्बाहरु पुनः कुनै दिन तार लाग्ने आशामा ठडीरहेका प्रष्ट देख्न सकिन्छन् त जंगल भित्र घर देखिन्छन् जसबाट सहज अनुमान गर्न सकिन्छ कुनै समय सफा रहने गरेका हरिया फाँटहरु आज जंगलमा परिणत भएका छन्  । उपरोक्त सबै दृश्यका कारणी अर्को शब्दमा भनौं साधनका रुपमा प्रयोग गरिएका सैनिक टैंक(फलामे जन्जीर रुपी पाङग्रा भएका) ठाडो पारी तारो हान्ने नाल अझै कतिपय ठाउँहरुमा ठाडै छन त कतै भुईं मुन्तीर मुन्टीएका छन् भलै टैंकको अवशेषमात्र किन नहोस् ।
मोजाम्बीकको सिमावती ईलाकाबाट स्वाजीलैण्डको लोमहासा तर्फ लाग्दा नेपाल भारतको सिमाको झझल्को एकझलक मानस पटलमा अवश्य आउने गर्दछ । लोमहासाबाट डेढ घण्टा मंजीनी (स्वाजिलैण्डको प्रमुख औद्योगिक बाणिज्य केन्द्र) हुदै आधा घण्टामा रमजधानी बवाने पुग्ने क्रममा शुरु सिमान देखि राजधानी सम्म चौडा फराकिलो सडककको दुवै किनारामा तारवार, घर पालुवा जनावर अथवा अन्य कुनै किसिमको बाधा अवरोध रोक्ने हेतुले लगाईएको देख्दा नेपालको परिप्रेक्ष्यमा यो सम्धव नहोला र ? भन्ने प्रश्न डुबुल्की लाउने प्रयास गरेको भान हुन्छ । मोजाम्बीकको सिमावारी देखि पहाड, हरियाली खेती किसानी तथा अन्य बिकासका लहर देख्दा मन साच्चैनै गद्गद् भएर आउँछ । पाल्पाको बजार झै देखिने ससाना डाँडाहरु माझ सुन्दर अट्टालीकाहरु हरियाली सफा सुग्घर बाताबरणमा मुस्काए जसरी चित्त प्रफुल्लीत पार्दछ । एकै किसिमको लस्करै ब्याडहरुमा लगाईएका फसल र बिच बिचमा सिंचाईका लागी जडान गरिएका पानीका पाईपबाट छुटेका फोहरा टाढा टाढा रहेका सम्भवत मल तथा किटनाशक औषधी छर्ने प्रयोजनका लागी ससाना प्वाल यूक्त दुवैतिर लामा लामा पाईप भएका हवाई जहाज देख्दा देशको अर्थतन्त्र खेतिमा निर्भरशिल रहेको तथ्य छल्ङ्र्गीन्छ ।

स्वाजीलैण्डको आधिकारिक प्रचलित भाषा अग्रेजी भएतापनि यसका आप्mनै मौलिक भाषाहरु पनि प्रयोगमा पाईन्छन् । हरेक देशको आप्mनै बिशेषता हुने गर्दछ तर स्वाजीलैण्डको बिशेषता शायद कुनै देशको होला । स्वाजीलैण्ड राजतन्ज्त्रात्मक देश हो र स्वतन्त्र तथा छिमेकी मुलुकहरुको दाँजोमा सम्पन्न देखिन्छ । सुन्दामा अचम्म लाग्नु नेपाली परिबेशमा हाल सत्ताशीन राजा स्वातीका आठ पटरानी छन् । स्वाजीलैण्डका भु.पु. महाराज स्वर्गे हुँदा पचासी बर्षको उमेरमा सत्तरी रानीका धनी थिए र हाल महाराज पच्चिश बर्षको उमेरमा पुग्दा नपुग्दै अगष्ट १८, १९९४ का दिन महान् परम्पराको अनुयायीले निभाउनु पर्ने गौरवमय इतिहासको बागडोर सम्हाले अनुरुप आठ ओटि पटरानी बिबाह गर्ने सफल भएका छन् ।
क्याथोलिक क्रिश्चियन धर्मालम्बि नवयूवक राजा यूरोपेली सभ्यताको आधुनिक बाताबरणमा भिजे सरह देशको सबै जनता खुसहाल रही न्यूनतम आवश्यकताको कमी महसुस गर्दैनन् । देशको आर्थिक स्थिती झण्डै झण्डै दक्षिण अफ्रीकाको समानान्तरमा अमेरीकी डलरको १ः३ अनुपातमा रहेकोले सरदर एशियाली मुलुकहरु भन्दा पन्द्र गुणा बढी बिकसित भन्न करै लाग्छ । स्वाजिलैण्डको सामाजिक रहन सहन आर्थिक स्थिती, शैक्षिक स्तर, औद्योगिकिकरण, व्यापार, बाणिज्य यावत क्षेत्रमा प्रगती भएको देख्दा यूरोपेली मुलुक सँग दाज्न सायद नमिल्ला तर दक्षिण एशीयाली मुलुकहरु सँग पक्कै मिल्दैन । पहाडै पहाडले बनेको, चारैतिर भुपरिबेष्टित नेपालमा जसरी प्रचुर जल श्रोतको धनी पनि नभएको तर बिकास एवं जिवनशैलि पश्चिमेलीहरुले ईष्र्या गर्ने लायकको हुनु जनताको मिहेनत र ईमान्दारीको प्रतिफलको द्योतक हुनु पर्दछ ।
स्वाजीलैण्डको चाडपर्व उत्सवहरु मध्ये रीड डैन्स भनीने एक राष्ट्रिय महोत्सव हो जुन सात दिन सम्म अटुट मनाईने गरिन्छ । रीड भन्नाले अंग्रेजिमा हाम्रो तराई तिर पाईने नरकट घाँसको डाँठ हो । झवाट्ट हेर्दा निगालो जस्तो देखिने कान्छि औंला जत्रो मोटो एक मान्छे सम्मको अग्लो हुने एक प्रकारको बनस्पती हो । रीड डैन्सको नियम अनुसार यो बर्षको एक पटक हुने गर्दछ जस्मा जाती पेशा बर्गको भेदभावरहित स्वेच्छाले कन्या कुमारीहरु सहभागी हुन सक्दछन् । स्वाजीलैण्डको परम्परागत घर ग्रामिण जीवनमा पाईने नरकटको ईग्लु जस्ता गुम्बज आकारको झ्याल नभएको मात्र एउटा निहुरेर छिर्न सकिने सानो ढोका हुने गर्दछ । रीड डैन्समा देशका आप्mना राजाका आमा(मुमा बडामहारानीका लागी) निमित्त रीड कटैज बनाउन भनी हातमा हंसीया लिई जंगलमा रीड काटी ल्याउनेमा सहभागीहरु आधुनिक पहिरन तथा अन्य श्रृंगारका साधन प्रयोग नगरी शिरमा कपाल कोरीबाटी गरी बिभिन्न रंगका रिवनले सिंगारी, गलामा बिभिन्न माला पहिराई, कानमा बाला, हातमा कंगन चुरा, कटीदेशमा झुम्कायूक्त मालाहरु र घुंडामा तथा तल गोडामा पनि माला लगाई अन्यथा शरिरको सर्वाङ्ग नग्न अवस्थामा हाँसी हाँसी प्रसन्न मुद्रामा हुलबाँधी नाचगान गर्दै अर्को तर्फ मुमा बडामहारानीको स्वागत अभिबादन गर्न अग्रसर हुन्छन् भने अर्को तर्फ मुमा बडामहारानीका साथ राजा आप्mना दलबलको जत्था लीई परम्परागत भेष भुषामा हातमा धनुषबाण बन्चरा धारण गरी, कम्मरमा बाघको छाला लपेटी खाली गोडा गोलीगाँठामा घुँघरुबाधी आउँछन् र सहभागी कन्याहरु मध्ये सबै भन्दा बढी मन पर्ने लाई आफ्ना रानी छान्दछन् ।
        यसरी छान्ने क्रममा राज माताका साथमा राजाका पूर्व पत्निहरु पनि हुन्छन् र उनीहरु पनि नयां दुलही(रानी) लाई राजाले छानी सके पश्चात स्वागत गर्दै परम्परागत बिबाह सम्पन्न गराउने तयारीमा जुट्दछन् । परम्परागत बिबाहमा औंठी अदली बदली गर्ने पुरानो मान्यता यहां पाइदैन । पाईन्छ त राजाका सबै भाई भारदार आफन्त, नाता गोता, ईष्ट मित्र र बेहुली पट्टिका लगायत अन्य सबै सार्वजनिक मेलाबिच ओखल, मुङरो र आगोको साक्षी । यस राष्ट्रिय पर्बको रोचक दृष्य हेर्न देश बिदेशका गरी हजारौं संख्यामा बिदेशी पर्यटक लगायतका मानिसहरु भेटिन्छन् ।
बर्षेनी रीड डैन्सको परिपाटीले राजाको रानी संख्यामा अभिबृदी गर्दै जान्छ भनें नयां पुरानोको समय माप दण्डले रानीहरु मध्ये जेष्ठता कायम नभएर राजालाई रीझाए अनुसार मौसुफको ईच्छा बमोजिम रानीको मर्यादा मानपदवी अर्कारानीका भन्दा कति घटी कति बढी शिरमा सिउरिएको रातो चराको प्वांखको संख्याले संकेत गर्दछ । प्वांखको संख्या जति बढी उति मर्यादा बढी भएतापनि सबै रानीहरु राजप्रासादमै स्थान पाउंछन र त्यसै गरी कुन चांही रानीबाट हुने राजकुमार राजाका उत्तराधिकारी हुने छन भन्ने कुरो पनि रानीको जेष्ठता तथा मर्यादामा भरपर्ने नभएर राजाका बिशेष सल्लाहकार समितिको निर्णयमा भर पर्ने हुन्छ । राजा बाहेक राजाका भाई, छोरा, कसैले अन्यकिसिमका राजसी सुबिधा पाउदैनन् र सर्वसाधारण जनतासंगको सम्पर्क समन्वय सामान्य नागरीकले सरह गर्ने गर्दछन् ।
आजको संचार युगमा प्रस्तर युगको परम्परागत परिपाटी बास्तबमा अनौठो मात्र नभएर गौरबपूर्ण छ, आवश्यक छ त केही सुधारको ।

 प्रकाशित :
कान्तिपर  दैनिक समाचार पत्र
२०५३ बैशाख ८

No comments:

Post a Comment