नेपालगंजको टांगा
कट्रक कट्रकको
लयबद्ध आवाजले जो कसैको ध्यान सहजै आकर्षित गर्दछ । अपवाद बाहेक यस प्रकारको
शब्दध्वनी केहीलाई कर्णप्रिय हुन्छ भन्दा शायद अत्युक्ति नहोला । यो आवाज घोडा
दौउदा सुनिने टापको हो । भनिन्छ मानिस पछि अर्को बुद्धिमान चेतनशिल प्राणीहरुमा
घोडा पनि पर्दछ । पौराणिक कालदेखि घोडा देवता, दानव र मानवको सेवामा रहि
आएको छ । घोडाको स्वामीभक्ति र परिश्रमले किर्तिमान खडा गरेका छन् । आजको २१ औं
शताब्दिमा पनि हामी घोडाको सेवा लिन पछि परेका छैनौ र मानव जातीको अस्तित्व
छउन्जेल सम्म घोडाको उपयोगिता रही रहने कुरामा शंका लिनु पर्ने ठाउँ पनि देखिन्न ।
यहाँ
प्रसंग घोडासँग सम्बन्धित बिषय बस्तुलाई लिएर टाँगाको छ । टाँगा शब्द अंग्रेजि (Tonga)बाट आएको भए पनि
नेपाली शब्दावलीमा ईक्का/एक्का भन्ने
गरेको पाईन्छ । शाही तथा राजकिय परिबेशमा सिमित रशेको बग्गी कालान्तरमा सर्बसाधारणा
जनता बिच आई पुगेको छ । खान्दानी तथा जमिन्दारी परिवारको प्रतिष्ठाको सुचक रहेको
घोडागाडी अहिलेको एक्काको रुपमा परिणत भएको छ । एउटा घोडाले दुई पाँग्रा सवारी
तान्ने साधनलाई टाँगा वा एक्का भनिन्छ । यी दुईमा खासै कुनै भिन्नता हुदैन । सवार
हुने यात्रु बस्नका लागि सिटको किसिमले टाँगा र एक्का छुट्याउँछ ।
नेपाली भुमिमा घोडाकमो प्रयोग परापूर्वकाल देखि चली आएकोमा एक्काको प्रचलन
कहिले कसको पालादेखि शुरु धएको यकिन भन्न सकिने अवस्था छेन । नेपाल(भारत सिमावर्ती
क्षेत्रको शहरी बाताबरण भएका नेपालगंज,
बिरगंज र राजापुर जस्ता
केही स्थानहरुमा यसको परिचालन भए गरेको पाइन्छ । भारतमा मुसलमान मुगल साम्राज्यको
बिभिन्न राज्यहरुमा नवाब हुने गर्दथे । त्यस्तै नवाबी गढको प्रसिद्धि भएको
लखनउबाटै एक्काले नेपाल प्रबेश पाएको हुन सक्ने सबै भन्दा निजकको तर्कलाई इन्कार
गर्न सकिन्न ।
नेपालगंज नगरपालिका
भित्र हाल पुग नपुग ६ सय टांगा छन् भने टांगा पार्क बिच शहरको धम्बोजी चोकमा बीस
देखि पच्चीस र त्रिभुवन चोक स्थित पार्कमा सय देखि डेढ सय सम्म मात्र टांगा पार्क
गर्न सकिने कुरा एक्का टांगा चालकसंघका सभापति महम्मद नसीम सैयद बताउछन् । एक
पटकमा आठ जना यात्रु सहित नेपालगजंबाट भारतीय बजार रुपैडिहा ७ कि.मि.को दुरी जनही
रु ८।– को भाडा दर रिक्सा भन्दा सस्तो र सुलभ मानिन्छ । रिक्सामा
रु.२५ ।– पर्ने र अटो रिक्सा(टेम्पो) मा रु. ५।– ले दुई कि.मि.वरै
नेपाल सिमाना सम्म मात्र पु¥याईने हुंदा यस इलाकामा एक्का कै लोकप्रियता छ
भन्नु करै लाग्छ । यस्तो सस्तो सवारीले धेरै नेपालीको रोजगारी आवश्यकता पूर्ति
गरिरहेको छ । तर रिक्सा र अटो रिक्साले आफ्नो प्रतिस्पर्धा गर्दा यो पेशाकाहरु
चिंत्तित रहेको भनि सभापती अरु थप्छन् ।
हाल सम्म टांगा एक्का सवारी चालक अनुमती पत्र बितरण भएको संख्या ९११ पुगेको
आंकडा दोत्रिय प्रहरी इकाई कार्यालय भेरीका सवारी शाखाका अधिकृत बिकास शाह बताउछन्
। नेपाली नागरिकता भएकाहरुलाई मात्र यस्ता अनुमती पत्र बितरण गरिएको भनि उहां
अगाडी भन्नुहुन्छ । नेपालगजंका टाँगाहरु नगरपालिका वितरीत दर्ता नं.का रहेका छन
। भारतीय टाँगाहरु नेपाल प्रवेश कुनै बिशेष उत्सव अथवा बिवाहको अवसरमा मात्र
अन्यथा नपाईने तर नेपाली टाँगाहरु पारी पट्टी भारतीय क्षेत्रमा भित्र १५÷१६ कि.मी.सम्म
जान पाईने कुरा २५ बर्षिय टाँगा चालक मोहर अली बताउछन । दैनिक एक पटक र बढिमा दुई
पटक नेपालगंज–रुपडीया ओहोर दोहोर गरी घोडाको खुराक रु.६० देखी ८० सम्म
पर्ने रकम र टाँगा पार्क एवं जिल्ला बिकाश समितीको सडक शुल्क वापत रु.२ का दरले
खर्च कटाउदा रु.५० देखी ६० को सरदर कमाई हुने कुरा चालक मोहर प्रष्ट पार्छन् ।
घोडा र टाँगा भारतीय बजारमा खरीद गर्दा नेपाली रुपैयाँ २५ हजार जतिपर्ने र लगानी
अनुपातमा आम्दानी थोरै हुने गरेकोले दिन दिनै बढ्दो महगीका कारण टाँगा र एकका
पेशेवरहरुलाई आर्थिक कठिनाईले बिस्तार बिस्तार झन झन च्याप्दै ल्याएको भनी आफ्नो
अनुभव पनी पोख्छन् चालक मोहर ।
टाँगाको सवारीमा नगरेको सयर गर्दा छुट्टै
रमाइलो हुन्छ । अझ कतिपय टाँगाहरुमा शौखिन टाँगा चालकहरु यात्रुहरुलाई आकर्षण गर्न
र यात्रा अवधिभर मनोरञ्जन प्रदान गर्न हिन्दी फिल्मी गितहरु क्यासेटमा घन्काउछन ।
यसले टाँगाको रौनक झन बढाईदिन्छ भने केही टाँगा चालकहरु आफ्ना घोडालाई फुलका माला, शिरमा
रङ्गीबिरङ्गी प्वाख, गलामा घुंघरु आदी लगाईदिएर साच्चै कुनै झाँकी
हो की भन्ने भान दिन्छन् । यस्ता बिशेषता नेपालगंजको टाँगामा पाईन्छ । अन्य
सवारीहरुमा जसरी कोच्चीएर बस्नुपर्ने, धुलो, धुवाँ, हल्ला र निरश
वातावरणमा चुपचाप गुम्सीएर यात्रा गर्नु भन्दा टक् टक् गर्ने टमटम(टाँगा) कै सवारी
आनन्ददायी हुन्छ । नेपालगंजको टाँगाको सवरीको आनन्द लिनु पनि स्मरणिय नै हुन्छ ।
प्रशिक्षार्थि
पत्रकार
(२०५६ फाल्गुण
१६)
No comments:
Post a Comment